Logo
Logo
समाचार

पार्टी नेतृत्वमाथि उठ्ने जुनसुकै प्रश्नको सामना गर्न पार्टी तयार छ : कांग्रेस

वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै शर्माले पार्टी नेतृत्वमाथि उठाइएका प्रश्नहरूबारे स्पष्ट पार्दै कांग्रेस कुनै पनि प्रश्नको सामना गर्न तयार रहेको बताए ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ कार्तिक १८ गते २३:०७
३
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । नेपाली कांग्रेसले पार्टी नेतृत्वमाथि उठ्ने जुनसुकै प्रश्नको सामना गर्न पार्टी तयार रहेको बताएको छ । वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै शर्माले पार्टी नेतृत्वमाथि उठाइएका प्रश्नहरूबारे स्पष्ट पार्दै कांग्रेस कुनै पनि प्रश्नको सामना गर्न तयार रहेको बताए ।

‘कांग्रेसले पार्टी नेतृत्वका बारेमा उठाइने हरेक प्रश्नको सामना गर्छ,’ शर्माले भने, ‘हामी निष्पक्ष, विधिसम्मत र विश्वसनीय छानबिन होस् भन्न चाहन्छौँ।’ वरिष्ठ उपसभापति शर्माले प्रहरी हिरासतमा रहेका व्यक्तिको बयानको अडियो बाहिर ल्याइएको प्रति कडा आपत्ति जनाउँदै यसमा सरकारको नियतमाथि प्रश्न उठाए ।

शर्माले सरकार र सत्तारूढ दलबिचमै कुनै तालमेल नरहेको र नियोजित रूपमा सामग्रीहरू लिक गरेर भ्रम छर्न खोजिएको आरोप लगाए।

अनुसन्धानको गोपनीयतामाथि प्रश्न उठाउँदै उनले भने, ‘एक जना बिचौलियाले प्रहरी बयानको क्रममा बोलेको अडियो यसरी बाहिर ल्याउन मिल्छ ? नियोजित ढङ्गले बाहिर ल्याइएका धारणा अनुसन्धानले प्रमाणित गर्नुपर्छ। सरकारले किस्ता–किस्तामा बाहिर ल्याएका धारणाहरू के हुन्, त्यो स्पष्ट हुनुपर्छ। ?

पत्रकार सम्मेलनमा शर्माले सरकार र सत्तारूढ दलको विरोधाभासबारे टिप्पणी गर्दै भने, ‘अहिले सरकार र सत्तारूढ पार्टीबिच नै मतैक्यता देखिएको छैन। सरकार भन्छ पार्टीको निर्देशन छ, पार्टी भन्छ हामीले निर्देशन दिएका छैनौँ।’

उनले तथ्यहीन विषयहरूलाई प्रायोजित ढङ्गले प्रचार गरेर राज्य संयन्त्रको दुरुपयोग नगर्नसमेत सरकारलाई चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित