Logo
Logo
समाचार

पाकिस्तान ‘ए’ विरुद्ध नेपालको उत्कृष्ट सुरुवात : राशिद खानले लिए तीन विकेट

नेपालका फास्ट बलर राशिद खानले पाकिस्तानको अग्रपंतिका ३ ब्याट्सम्यानलाई सस्तैमा पेभिलियन फर्काएका छन् ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ मंसिर ८ गते २२:१०
५
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । एसीसी राइजिङ स्टार्स कप अन्तरगत समूह चरणको आफ्नो अन्तिम म्याचमा नेपाल पाकिस्तान ‘ए’ विरुद्ध उत्कृष्ट सुरुवात गरेको छ । नेपालका फास्ट बलर राशिद खानले पाकिस्तानको अग्रपंतिका ३ ब्याट्सम्यानलाई सस्तैमा पेभिलियन फर्काएका छन् ।

अघिल्ला म्याचहरुमा पाकिस्तानलाई विष्फोटक सुरुवात दिने ओपनर जोडी सामिल हुसेन र माज सदाकत नेपालविरुद्ध चल्न सकेनन् । हुसेन ५ बलमा ६ रन बनाएर आउट भए । रसिदले फ्याकेको सर्ट पिच बलमा बाउन्ड्री हान्न खोज्दा उनलाई कभरमा मयन यादवले क्याच लिएका थिए ।

अर्का इनफर्म ओपनर सदाकत पनि १४ बलमा १३ रन बनाएर पेभिलियन फर्केका छन् । अफ स्टम्प बाहिर रसिदले फालेको बललाई कडा सट खेल्न खोज्दा ब्याटको किनारामा लागेर स्टम्पमा ठोकिएको थियो ।

यस्तै रसिदले तेस्रो विकेटका रुपमा हैदर अलीलाई आउट गरेका छन् । खलीले पनि राशिदलाई ठूलो सट हान्न खोज्दा देव खनालको हातबाट क्याच भए । उनले १७ बलमा १५ रन जोडेका थिए ।

पाकिस्तानले यो समाचार तयार पार्दा सम्म १५ ओभरमा ३ विकेट गुमाएर ६४ रन बनाएको छ । पाकिस्तानका कप्तान अब्दुल सामद र हसन नवाज क्रिजमा छन् । नवाजले भारतविरुदको म्याचमा उत्कृष्ट ब्याटिङ गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित