Logo
Logo
समाचार

पाकिस्तान-अफगानिस्तान सीमामा झडप

पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा पुनः सशस्त्र झडप भएका छन्। सीमामा भएको यस भिडन्तलाई लिएर दुवै देशका अधिकारी तथा सञ्चारमाध्यमले एकअर्काप्रति आरोप प्रत्यारोप लगाएका छन्।

त
तिलिचो न्यूज संवाददाता
२०८३ कार्तिक २ गते ००:१३
५७
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ- पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा पुनः सशस्त्र झडप भएका छन्। सीमामा भएको यस भिडन्तलाई लिएर दुवै देशका अधिकारी तथा सञ्चारमाध्यमले एकअर्काप्रति आरोप प्रत्यारोप लगाएका छन्।

अफगानिस्तानको सरकारी समाचार एजेन्सी ‘बख्तर’ का अनुसार अफगानिस्तानको पक्तिया प्रान्त नजिकै अफगान सुरक्षा बल र पाकिस्तानी सेनाबीच कैयौँ घण्टासम्म भिडन्त जारी रहेको थियो।

तालिबान सरकारका स्रोतहरुलाई उद्धृत गर्दै बख्तरले उक्त झडपमा सात जना पाकिस्तानी सैनिक मारिएको दाबी गरिएको छ। यद्यपि यस दाबीको स्वतन्त्र रुपमा पुष्टि हुन बाँकी छ।

अर्कोतर्फ रेडियो पाकिस्तानले सुरक्षा स्रोतहरुलाई हवाला दिँदै खैबर पख्तुनख्वा प्रान्तको अपर कुर्रम क्षेत्रमा अफगान तालिबान बलले विना उक्साहट गोलीबारी सुरु गरेको जनाएको छ। पाकिस्तानी सेनाले अफगान पक्षको यस कदमको कडा जवाफ दिएको रेडियो पाकिस्तानको दाबी छ।

तालिबान सरकारका सुरक्षा स्रोतहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार आफ्ना सैनिक तथा सीमा प्रहरीको पाकिस्तानी बलसँग प्रत्यक्ष झडप भएको हो। तालिबान बलले सीमापरि रहेका पाकिस्तानी सैन्यस्थलहरुतर्फ रकेट तथा आर्टिलरी प्रयोग गरिरहेको दृश्य भिडियोमा देखिएको बीबीसीले जनाएको छ।

यसअघि गत अक्टोबर १ मा पाकिस्तानी सरकारले सीमा क्षेत्रमा ११ जना अफगान उग्रवादीलाई मारेको दाबी गरेको थियो। तर, अफगान तालिबान अधिकारीहरुले भने यो दाबीलाई पूर्ण रुपमा खारेज गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित