Logo
Logo
समाचार

ऊर्जा संकट र ऋणको दबाबमा विश्व अर्थतन्त्र

त
तिलिचो न्यूज संवाददाता
२०८३ आश्विन २६ गते २२:०५
८६
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

एजेन्सी । अमेरिका-इरान युद्धबाट बढेको ऊर्जा संकट, चुलिँदो ऋण र कृत्रिम बौद्धिकता (एआई) प्रविधिमा भइरहेको लगानीले विश्व अर्थतन्त्र प्रभावित भइरहेका बेला अर्थमन्त्री तथा केन्द्रीय बैंकका प्रमुखहरू अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) र विश्व बैंकको वार्षिक बैठकका लागि बैंककमा भेला हुँदैछन् ।

सोमबारदेखि शनिबारसम्म चल्ने बैठकमा बढ्दो मुद्रास्फीति, जलवायु संकट र आर्थिक दबाबबीच सरकारी खर्च नियन्त्रण तथा प्रभावित नागरिकलाई सहयोग गर्ने चुनौतीबारे छलफल हुनेछ । आइएमएफले वित्तीय सञ्चिति बढाउन खर्च नियन्त्रण गर्न आग्रह गरे पनि आलोचकहरूले विकासशील देशलाई थप वित्तीय सहयोग आवश्यक रहेको बताएका छन् ।

आइएमएफ प्रमुख क्रिस्टालिना जर्जिएभाका अनुसार विश्व अर्थतन्त्र एकातिर ऊर्जा आपूर्तिमा आएको धक्का र अर्कातिर एआईका कारण बढेको मागको दोहोरो दबाबमा छ । इरान युद्धका कारण तेल तथा ग्यास आपूर्ति प्रभावित हुँदा आयातित ऊर्जामा निर्भर विकासशील देश बढी मारमा परेका छन् ।

बोस्टन विश्वविद्यालयका विकास नीति केन्द्रका निर्देशक केभिन पी. गलाघेरले युद्ध, बढ्दो ब्याजदर र एल निनोबाट तीव्र बनेको जलवायु संकटले गरिब देशलाई समस्यामा पारेको बताए । उनले ती देशलाई तत्कालीन आर्थिक सहायता र दीर्घकालीन वित्तीय सहयोग उपलब्ध गराउनुपर्नेमा जोड दिए । युएनडीपीले पनि ऊर्जा तथा खाद्यान्नको मूल्यवृद्धिले लाखौँ मानिसलाई पुनः गरिबीमा धकेल्न सक्ने चेतावनी दिएको छ ।

विकसित देशमा ऊर्जा मूल्यवृद्धिले मुद्रास्फीति बढाएपछि केन्द्रीय बैंकहरूले ब्याजदर बढाएका छन् । अर्कातिर, एआईमा बढ्दो लगानीले सेयर बजार र आर्थिक वृद्धिलाई टेवा दिएको छ । आइएमएफले एआईमा हुने लगानी रेलमार्ग, विद्युत् तथा दूरसञ्चार सञ्जाल निर्माणमा हुने लगानीभन्दा बढी हुन सक्ने जनाएको छ । तर, यसको आपूर्ति शृङ्खलाबाहिर रहेका विकासशील देशले आर्थिक लाभ लिन नसक्ने चिन्ता छ ।

यस साता जी–२० का अर्थमन्त्रीहरूको बैठकसहित अन्य छलफल पनि हुनेछन् । सरकारी ऋणपत्रको बढ्दो प्रतिफल प्रमुख कार्यसूचीमा रहने बैठकमा अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट भने घरेलु व्यस्तताका कारण सहभागी नहुने अमेरिकी अर्थ मन्त्रालयका एक अधिकारीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित