Logo
Logo
समाचार

ऊर्जा क्षेत्रका समस्या समाधानका लागि निजी क्षेत्रसमेत सम्मिलित उच्चस्तरीय समिति गठन

त
तिलिचो न्यूज संवाददाता
२०८३ आश्विन २० गते २३:३३
५८
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौं । ऊर्जा क्षेत्रको विकासका निम्ति नीतिगत सहजीकरण तथा परियोजना कार्यान्वयनमा उत्पन्न समस्या समाधानका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निजी क्षेत्रको समेत सहभागितामा उच्चस्तरीय समिति गठन गरेको छ ।

समितिको संयोजकमा मन्त्रालयको ऊर्जा महाशाखाका सहसचिव सुनिल पौडेल तोकिएका हुन् । समितिका सदस्यहरूमा मन्त्रालयको कानुन तथा फैसला कार्यान्वयन महाशाखाका सहसचिव यज्ञप्रसाद भट्टराई, विद्युत् विकास विभागका उपमहानिर्देशक र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ भने ।

त्यस्तै, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) बाट नरेन्द्रबल्लभ पन्त, अभिज्ञा मल्ल र अनुप आचार्य प्रतिनिधि छन्। साथै, इन्जिनियर शिरिष पाण्डे सदस्य र मन्त्रालयको नवीकरणीय ऊर्जा तथा कार्बन व्यापार प्रवर्धन शाखाका सिनियर डिभिजनल इन्जिनियर शालिकराम भण्डारीलाई सदस्यसचिवको जिम्मेवारी दिइएको छ ।

समितिले ऊर्जा क्षेत्रका परियोजनामा देखिने नीतिगत, कानुनी तथा कार्यान्वयनसम्बन्धी जटिलता पहिचान गरी आवश्यक सहजीकरणका लागि सुझाव दिने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित