Logo
Logo
समाचार

ओमानविरुद्धको जितले जोगायो नेपालको शीर्ष ६ यात्रा, अन्तिम ओभरमा दीपेन्द्र नायक

आईसीसी क्रिकेट विश्वकप लिग-२ मा नेपालले दबाबपूर्ण अवस्थामा ओमानमाथि रोमाञ्चक जित निकाल्दै अंकतालिकाको छैटौँ स्थान सुरक्षित गरेको छ ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ कार्तिक ३ गते ०१:०६
७१
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग-२ मा नेपालले दबाबपूर्ण अवस्थामा ओमानमाथि रोमाञ्चक जित निकाल्दै अंकतालिकाको छैटौँ स्थान सुरक्षित गरेको छ ।

सोमबार ओमानको अल अमेरतमा भएको निर्णायक खेलमा नेपालले घरेलु टोलीलाई १० रनले पराजित गर्दै ३६ खेलबाट ३० अंक जोडेको हो ।

नेपालले प्रस्तुत गरेको २८१ रनको लक्ष्य पछ्याएको ओमान ५० ओभरमा ६ विकेट गुमाउँदै २७० रनमा सीमित भयो । ओमानका जतिन्दर सिंहले ८९ र हम्माद मिर्जाले ८७ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् ।

अन्तिम ओभरमा ओमानलाई २३ रन आवश्यक थियो । बलिङको जिम्मेवारी सम्हालेका दीपेन्द्रसिंह ऐरीले दबाब नियन्त्रण गर्दै नेपाललाई महत्त्वपूर्ण जित दिलाए ।

यसअघि नेपालका कप्तान रोहित पौडेलले ८०, दीपेन्द्रले ६९ र देव खनालले ५७ रनको योगदान दिएका थिए । नेपाल २८० रनमा अलआउट भएको थियो । यो जितसँगै नेपालले क्यानडालाई पछि पार्दै छैटौँ स्थान पुन: कब्जा गरेको छ।

एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने सम्भावनाका दृष्टिले पनि नेपालको यो सफलता महत्त्वपूर्ण मानिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित