Logo
Logo
समाचार

ओलीले गरे पोखरेलसँग मनमुटावको चर्चाको खण्डन

महासचिव पोखरेलसँग कुनै असमझदारी नरहेको अध्यक्ष ओलीको स्पष्ट भनाइ

त
तिलिचो न्यूज संवाददाता
२०८३ आश्विन २४ गते २२:१३
५०
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी महासचिव शंकर पोखरेलसँग आफ्नो सम्बन्धमा दरार आएको भन्ने सार्वजनिक चर्चालाई पूर्णतः निराधार भन्दै खारेज गरेका छन् ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा सम्पन्न स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले नेतृत्व तहमा कुनै पनि प्रकारको मनमुटाव नरहेको स्पष्ट पारेका हुन् । पछिल्ला केही दिनयता एमाले वृत्त तथा राजनीतिक वृत्तमा अध्यक्ष ओली र महासचिव पोखरेलबीच असमझदारी बढेको र संवादसमेत टुटेको भन्दै विभिन्न अड्कलबाजीहरू भइरहेका थिए ।

बैठक कक्षबाट बाहिरिने क्रममा पत्रकारहरूले राखेको जिज्ञासाको जवाफ दिँदै अध्यक्ष ओलीले ती हल्लाहरूमा ‘रत्तिभर सत्यता नरहेको’ दाबी गरे । महासचिव पोखरेलले अध्यक्षको फोनसमेत नउठाएको भन्ने चर्चाबारे सोधिएको प्रश्नमा ओलीले व्यङ्ग्यात्मक शैलीमा प्रतिप्रश्न गर्दै त्यस्तो हल्लामा बिल्कुल सत्यता नरहेको दाबी गरे।

अध्यक्ष ओलीले भने, ‘ बिल्कुलै सत्यता छैन। उनले फोनसमेत उठाउनुभएन भन्ने कुरा पनि सुनियो । तर यस्ता कुरालाई अनावश्यक रूपमा विवादको विषय बनाउनु उचित हुँदैन । उहाँसँग मेरो कुनै मनमुटाव छैन । फोन उठाउनुभएन भन्ने कुरालाई मात्रै आधार बनाएर सम्बन्धमा समस्या छ भन्न मिल्दैन । राजनीतिक विचार र जिम्मेवारी फरक हुन सक्छन्, तर त्यसलाई व्यक्तिगत सम्बन्धसँग जोडेर हेर्नु उचित हुँदैन ।’

अध्यक्ष ओलीले शीर्ष नेतृत्वबीच पार्टी सञ्चालन र नीतिगत विषयमा निरन्तर समन्वय तथा सौहार्दपूर्ण संवाद कायम रहेको उल्लेख गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित