Logo
Logo
समाचार

ओलीको प्रस्टीकरण- शंकर पोखरेलसँग कुनै मनमुटाव छैन

स्थायी कमिटी बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूले सोधेको प्रश्नको संक्षिप्त जवाफ दिँदै कुनै मनमुटाव नभएको बताए।

त
तिलिचो न्यूज संवाददाता
२०८३ आश्विन २५ गते ००:०६
११
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले महासचिव शंकर पोखरेलसँग कुनै मनमुटाव नरहेको प्रस्ट पारेका छन्।स्थायी कमिटी बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूले सोधेको प्रश्नको संक्षिप्त जवाफ दिँदै कुनै मनमुटाव नभएको बताए।

हिजोको बैठकमा केन्द्रीय सदस्य मनोनयन, स्थायी कमिटीमा सदस्य थप, पोलिट्ब्यूरो, ज्येष्ठ कम्युनिस्ट मञ्च र विभागका जिम्मेवारीको विषयमा सहमति जुट्न सकेको थिएन। ओली एक्लैले तयार पारेको सूची पेश गर्न खोज्दा अस्वीकार गरिएको थियो।

बैठकलगत्तै घर पुगेका ओलीले महासचिव शंकर पोखरेललाई फोन गर्दा पनि नउठाएपछि अर्का नेता विष्णु रिमालमार्फत गुण्डु लगिएको चर्चा भएको थियो।

एमालेका उपमहासचिव लेखराज भट्टले पनि अध्यक्ष र महासचिवबीच कुनै विवाद नभएको दाबी गरे। बैठकपछि उनले भने, ‘कुनै विवाद छैन। सर्वसम्मत रूपमा नै निर्णय भएका छन्।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित