Logo
Logo
समाचार

न्यू लार्के र वल्र्ड लार्केको माइक्रोवेभ रेडियो लिङ्कको थप स्तरोन्नति

नेपाल दूरसञ्चार प्राधिकरणअन्तर्गत नेपाल टेलिकम जोमसोमले मुस्ताङको थासाङ गाउँपालिका–५ मा रहेको रेडियो लिङ्कको थप स्तरोन्नति गरिएको हो।

त
तिलिचो न्यूज संवाददाता
२०८३ आश्विन ३० गते ०३:०४
१४५
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

मुस्ताङ । न्यू लार्के र वल्र्ड लार्केको माइक्रोवेभ रेडियो लिङ्कको थप स्तरोन्नति गरिएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणअन्तर्गत नेपाल टेलिकम जोमसोमले मुस्ताङको थासाङ गाउँपालिका–५ मा रहेको रेडियो लिङ्कको थप स्तरोन्नति गरिएको हो।

असोज ११ गतेको भारी वर्षाका कारण अवरुद्ध बनेको मुस्ताङको सञ्चार पहुँचलाई थप प्रभावकारी बनाउने उद्देश्यले त्यहाँ रहेका दुई वटा रेडियो लिङ्क उपकरणलाई पूर्ण क्षमतामा रुपान्तरण गरिएको हो।

यसअघि म्याग्दीको घोरेपानी र मुस्ताङको न्यू लार्के र वल्र्ड लार्केमा व्यवस्था गरिएको माईक्रोवेभ रेडियो लिङ्क उपकरणमा प्राविधिक समस्या आउँदा मुस्ताङमा पूर्ण रुपमा सञ्चार सम्पर्क अवरुद्ध हुन पुगेको थियो।

भारी वर्षाका कारण अवरुद्ध रहेको मुस्ताङको सञ्चारको पहुँचलाई दिगो, भरपर्दो र प्रभावकारी बनाउन नेपाल टेलिकम जोमसोम शाखाले जनशक्ति, उपकरण तथा स्रोतसाधन परिचालन गरी अन्य रेडियो लिङ्कको सम्पर्क स्थापित गर्ने न्यू लार्के र वल्र्ड लार्के रेडियो लिङ्कको थप स्तरोन्नति गरिएको हो।

नेपाल टेलिकम जोमसोम शाखाका प्रमुख हुमबहादुर भुजेलले थासाङस्थित न्यू लार्के र वल्र्ड लार्के रिपिटर साइडमा पावर ब्याकअप व्यवस्थापन तथा रेडियो लिङ्क पूर्ण क्षमता सञ्चालन गरिएको बताए।

जोमसोमस्थित टेलिकम कार्यालयमा रहेको सय एम्पियर क्षमताको दुई थान लिथियम–आयन ब्याट्री पूर्ण चार्ज गरी जडान गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित