Logo
Logo
समाचार

नेवार समुदायका ४० थरलाई दलित सूचीमा राखिएकोप्रति विरोध, सरकारले जातीय द्वन्द्व निम्त्याएको आरोप

शनिवार काठमाडौँको असन डबलीमा उनीहरूले विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनकारी सुशन वैद्यले सरकारले नेवारहरूका ४० वटा थरलाई दलित सूचीमा समावेश गरेकाले त्यो स्वीकार्य नरहेकाले विरोध गरेको बताए ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ मंसिर १३ गते ००:४७
१०
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । बिना अध्ययन काठमाडौँका नेवार जातिलाई दलित सूचीमा समावेश गरिएको भन्दै उपत्यकाका नेवार समुदायले सरकारको विरोध गरेका छन् । 

शनिवार काठमाडौँको असन डबलीमा उनीहरूले विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनकारी सुशन वैद्यले सरकारले नेवारहरूका ४० वटा थरलाई दलित सूचीमा समावेश गरेकाले त्यो स्वीकार्य नरहेकाले विरोध गरेको बताए । सूचीकृत गर्दा दलित आयोगले कुनै समुदायसँग छलफल नगरी र वैज्ञानिक अध्ययन बिना नै हचुवाको भरमा दलित घोषणा गर्नु अन्याय र विभेदकारी रहेको बताए । 

नेवार समुदायमा दलित र उपेक्षित नरहेको बताए । समाजलाई बिगार्नका लागि सरकार लागेको भन्दै उनले आफूहरूलाई यो कुरा स्वीकार्य नहुने बताए । निर्णय नसच्चिए नेपाली काँग्रेस अझै कडा विरोधमा उत्रिने चेतावनी दिए । नेपाली काँग्रेसका काठमाडौँ महानगरपालिका सभापति समेत रहेका उनले नेवार समुदाय आफैँ एउटा राज्य रहेको र काठमाडौँमा रहेका समुदायलाई भाँड्ने काममा सरकार लागेको बताए ।

प्रदर्शनमा आएकी नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा. अमिता प्रधान शाक्यले नेवारहरूको सांस्कृतिक पहिचानमाथि आक्रमण गरिएको बताइन् । उनले नेवार समुदायमा दलित भन्ने वर्ग नै नरहेको बताउँदै जीवित देवीको थर पनि दलितमा परेको उल्लेख गरिन् । देशभरका नेवार समुदायमाथि प्रहार गरिएको भन्दै उनले यस किसिमको निर्णय गर्दा सम्बन्धित पक्ष र समुदायसँग समन्वय गरेर अघि बढ्नुपर्नेमा सरकारले रवैया देखाएको आरोप लगाइन् । समुदायको पहिचानमाथि आक्रमण गर्नु सरकारका लागि राम्रो नहुने बताइन् । सरकारमा रहेका व्यक्तिहरू कतिसम्म गैरजिम्मेवार छन् भन्ने कुरा यसबाटै थाहा हुने उनको भनाइ छ । यसले भविष्यमा जातीय द्वन्द्व निम्त्याउन सक्ने चेतावनी दिइन् ।

नपाली काँग्रेसकी केन्द्रीय सदस्य सपनाराज भण्डारी जोशीले सरकारले राजपत्रमा निकालिएको कुरा बिना अध्ययन र अनुसन्धानमा ल्याइएको बताइन् । समुदायसँग कुनै परामर्श नगरिएको र मानिसको भावनामा ठोस लागेको बताइन् । आन्दोलनको रूपमा आगामी दिनमा झनै बढ्दै जाने चेतावनी उनले दिइन् । राज्यले नागरिकको आत्मसम्मानमा ठोस पुर्‍याउनु नहुने बताइन् ।

उनीहरूले ऐतिहासिक तथ्य र पहिचानको सम्मान गर्, आयोगको काम सिफारिस गर्ने, हचुवामा होइन, प्रमाण हेर्ने, न अध्ययन, न अनुसन्धान, हचुवाको भरमा शासन सञ्चालन, विरोध र द्वन्द्व हिंसाको लागि होइन, अधिकार र पहिचानको लागि, गणतन्त्रको पहिलो दलित प्रधानमन्त्री भएकोमा माननीयज्यूलाई बधाई, सरकारको स्वेच्छाचारी निर्णय बन्द गर लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् । उनीहरूले दलित आयोग खारेज गर्न माग समेत गरेका छन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित