नेपाली सेनालाई दैनिक १० हजार लिटरभन्दा बढी प्रशोधित दूध आपूर्ति हुने
नेपाली सेनाका ३२ जिल्लास्थित विभिन्न निकाय, युनिट तथा सब–युनिटमा नियमित रूपमा प्रशोधित दूध तथा दुग्धजन्य पदार्थ आपूर्ति गर्ने सम्झौता भएको छ।

काठमाडौं। नेपाली सेनाका ३२ जिल्लास्थित विभिन्न निकाय, युनिट तथा सब–युनिटमा नियमित रूपमा प्रशोधित दूध तथा दुग्धजन्य पदार्थ आपूर्ति गर्ने सम्झौता भएको छ।
दुग्ध तथा दुग्धजन्य पदार्थको दैनिक तथा नियमित आपूर्तिका लागि भएको सम्झौतामा नेपाली सेनाको आपूर्ति तथा परिवहन निर्देशनालयका सहायक रथी सञ्जयकुमार रञ्जित र दुग्ध विकास संस्थानका महाप्रबन्धक डा. शरणकुमार पाण्डेले हस्ताक्षर गरेका हुन्।
नेपाली सेना र दुग्ध विकास संस्थानबीच भएको सम्झौताअनुसार सेनालाई दैनिक १० हजार २५१ लिटर प्रशोधित दूध आपूर्ति हुने बताइएको छ।
वार्षिक रूपमा ३७ लाख ४१ हजार ५०६ लिटर दूध आपूर्ति गर्ने सम्झौता गरिएको छ।
त्यस्तै, सेनाका विभिन्न निकायमा दैनिक ३६५ किलो दही आपूर्ति हुने उल्लेख छ।
यसको वार्षिक परिमाण १ लाख ३३ हजार ५२२ किलो हुनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




