Logo
Logo
सूचना-प्रविधि

नेपाललाई हेपेका मार्क जुकरबर्ग र मेटाले मोदीसँग माफी मागे

अघिल्लो सरकारका पालामा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले नियमनमा आइदिन गरेको अनुरोधलाई “सानो व्यापार भएको” भन्दै नेपाललाई हेपेको मेटा, त्यसका मालिक मार्क जुकरबर्ग र चिफ ग्लोबल अफिसर जोएल कपलान अन्ततः भारत सरकारसँग माफी माग्न बाध्य भएको छ।

त
तिलिचो न्यूज
२०८३ साउन २२ गते ०१:११
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

अघिल्लो सरकारका पालामा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले नियमनमा आइदिन गरेको अनुरोधलाई “सानो व्यापार भएको” भन्दै नेपाललाई हेपेको मेटा, त्यसका मालिक मार्क जुकरबर्ग र चिफ ग्लोबल अफिसर जोएल कपलान अन्ततः भारत सरकारसँग माफी माग्न बाध्य भएको छ।

समाचार संस्था रोयटर्सका अनुसार मेटा र त्यसका चिफ ग्लोबल अफिसर जोएल कपलानले गत जुलाईमा प्रधानमन्त्री नरेन्द्र मोदीको एउटा पोस्टलाई केही समयका लागि प्रतिबन्धित (रेस्ट्रिक्ट) गरेकोमा भारतका सूचना प्रविधि मन्त्रीसँग माफी मागेका छन्। उनले बुधवार जारी गरेको एक वक्तव्यमा भनेका छन्, "प्रधानमन्त्री मोदीको पोस्टमाथि प्रतिबन्ध लगाइनु गल्ती भएकोले मैले मेटाका तर्फबाट मन्त्रीज्यूसँग माफी मागेको छु।"

गत महिना, फेसबुकले मोदीको एउटा पोस्टलाई केही समयका लागि प्रतिबन्धित गरेपछि भारतको सूचना तथा प्रविधि मन्त्रालयले मेटाका कार्यकारीहरूलाई बोलाएको थियो। मेटाले प्राविधिक त्रुटिका कारण अन्जामवश उक्त पोस्ट ब्लक हुन पुगेको बताएको थियो।

 दक्षिण भारतीय सहर हैदरावादको प्रहरीले पनि मेटा इन्डियाका प्रमुख अरुण श्रीनिवासविरुद्ध मुद्दा दर्ता गरेको छ। फेसबुकमा पोस्ट गरिएका केही भिडियोहरूमा प्रधानमन्त्री मोदीलाई "गालीगलौजपूर्ण तरिकाले" चित्रण गरिएको आरोप लगाइएको छ (रोयटर्सले एक वरिष्ठ प्रहरी अधिकारीलाई उद्धृत गर्दै गत हप्ता यो समाचार प्रकाशित गरेको थियो)।

राष्ट्रिय परीक्षाको प्रश्न पत्र बाहिरिएपछि (लिक भएपछि) भारतमा विगत एक दशकयताकै ठुलो युवा-नेतृत्वको विरोध प्रदर्शन भएको थियो, जसका कारण शिक्षा मन्त्रीले राजीनामा दिनुपरेको थियो। यही विरोध प्रदर्शनबिच ती भिडियोहरू फैलिएका थिए। प्रदर्शनकारीहरूबाट प्रधानमन्त्री मोदीले पछिल्ला हप्ताहरूमा तीव्र अनलाइन आलोचना, ठट्टा र उपहासको सामना गरिरहेका छन्। यी घटनाहरू प्रधानमन्त्रीसँग सम्बन्धित सामग्रीलाई लिएर मेटा र मोदी सरकारबिच हालैका दिनमा बढेको तनावकै एक हिस्सा हुन्।

यसैबिच, समाचार संस्था रोयटर्सका अनुसार,  मेटाका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले कम्पनीका प्लेटफर्महरूमा बालबालिकामाथिको यौन शोषणसम्बन्धी सामग्री, डिपफेक सामग्री र अन्य प्राविधिक त्रुटिहरूबारे भारत सरकारसँग माफी मागेको स्थानीय सञ्चारमाध्यमहरूले बताएका छन्।

 मेटाका कार्यकारीहरू र भारतीय सरकारी अधिकारीहरूबिच भएको एक बैठकमा जुकरबर्गले माफी मागेको वित्तीय समाचार पत्रिका 'मनीकन्ट्रोल' र अन्य स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

 मेटाले यसबारे प्रतिक्रियाको माग गर्दा तत्काल कुनै प्रतिक्रिया नदिएको समाचार संस्था रोयटर्सले जनाएको छ।

 गत जुलाईमा, भारत सरकारले मेटालाई इन्स्टाग्राममा बालबालिकामाथिको यौन शोषण सामग्री प्रवर्द्धन गर्ने विज्ञापन र सामग्रीहरू हटाउन आदेश दिएको थियो (बिबिसीले इलेकट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै यो समाचार दिएको थियो)।

 त्यति बेला मेटाले बालबालिकामाथिको यौन शोषण सामग्रीका मामिलामा आफ्नो 'शून्य-सहनशीलता नीति' रहेको र आफ्ना पहिचान प्रणालीहरूलाई निरन्तर मजबुत बनाउँदै लगेको बताएको थियो।

 

  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

टिकटकबाट प्रयोगकर्ताको पलायन: गोपनीयताको संशय र विकल्पहरूको उदय

टिकटकबाट प्रयोगकर्ताको पलायन: गोपनीयताको संशय र विकल्पहरूको उदय

एप्पलको अर्बौंको मुआब्जा: आइफोन प्रयोगकर्ताको खातामा किन पैसा आउँदैछ?

एप्पलको अर्बौंको मुआब्जा: आइफोन प्रयोगकर्ताको खातामा किन पैसा आउँदैछ?

प्रतिनिधिसभा निर्वाचन लक्षित टिकटक प्रतियोगिता, विजेताले पाउनेछन् ५० हजार

प्रतिनिधिसभा निर्वाचन लक्षित टिकटक प्रतियोगिता, विजेताले पाउनेछन् ५० हजार

आचारसंहिता उल्लंघन गर्ने ७५ जनासँग स्पष्टीकरण माग, ५२ ले पठाए जवाफ

आचारसंहिता उल्लंघन गर्ने ७५ जनासँग स्पष्टीकरण माग, ५२ ले पठाए जवाफ

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित