नेपालको परराष्ट्र नीति दिग्भ्रमको दिशामा उन्मुख भयो : ज्ञवाली
ब्रिक्स र एससीओ बदलिँदो विश्व शक्ति सन्तुलनका प्रतिनिधि संरचना भएको उल्लेख गर्दै उनले कुनै पनि कित्तामा नढल्किई मुद्दागत आधारमा यस्ता मञ्चहरूबाट लाभ लिनुपर्नेमा नेपाल पछि परेको औँल्याए । “हामीले वास्ता गरेनौँ कि उनीहरूले उपेक्षा गरे थाहा छैन, तर छिमेकमै भएको बिक्स सम्मेलनमा नेपाल आमन्त्रित नहुनु खट्किने विषय हो,” ज्ञवालीले भने ।

काठमाडौँ – पूर्वपरराष्ट्रमन्त्री एवम् एमाले नेता प्रदीप ज्ञवालीले सरकारको कमजोर कूटनीतिका कारण छिमेकमै भएका महत्त्वपूर्ण अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति शून्यप्रायः बनेको टिप्पणी गरेका छन् । बदलिँदो भूराजनीतिक बहावका बिच वर्तमान सरकारले लिएको नीतिले मुलुकलाई अलगाव र नोक्सानीतर्फ धकेलेको उनको दाबी छ ।
छिमेकी मुलुक भारतको नयाँ दिल्लीमा ब्रिक्स शिखर सम्मेलन र केही साताअघि किर्गिस्तानको बिस्केकमा सम्पन्न साङ्घाई सहयोग सङ्गठनको सम्मेलनलाई उदाहरण दिँदै नेता ज्ञवालीले नेपाल यी गतिविधिबाट बेखबर जस्तै बनेको बताए । ब्रिक्स र एससीओ बदलिँदो विश्व शक्ति सन्तुलनका प्रतिनिधि संरचना भएको उल्लेख गर्दै उनले कुनै पनि कित्तामा नढल्किई मुद्दागत आधारमा यस्ता मञ्चहरूबाट लाभ लिनुपर्नेमा नेपाल पछि परेको औँल्याए । “हामीले वास्ता गरेनौँ कि उनीहरूले उपेक्षा गरे थाहा छैन, तर छिमेकमै भएको बिक्स सम्मेलनमा नेपाल आमन्त्रित नहुनु खट्किने विषय हो,” ज्ञवालीले भने ।
संयुक्त राष्ट्रसङ्घ निष्प्रभावी बन्दै गएको तथा सार्क, बिम्स्टेक र असङ्लग्न आन्दोलनजस्ता नेपाल आबद्ध पुराना बहुपक्षीय संरचनाहरू औपचारिकतामा सीमित भइरहेको अवस्थामा यस्ता नयाँ क्षेत्रीय सङ्गठनहरू नेपालका लागि उपयोगी हुन सक्ने ज्ञवालीको भनाइ छ ।
गत वर्षदेखि नेपालको परराष्ट्र नीति दिग्भ्रम र अलगावको दिशामा उन्मुख देखिएको आरोप लगाउँदै पूर्वपरराष्ट्रमन्त्री ज्ञवालीले प्रधानमन्त्री आफ्नै ‘अटिच्युड’ र ‘प्रोटोकल’को भुलभुलैयामा फसेको टिप्पणी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




