नेपाल टेलिकमको एनटी फाइबर र मेस एपी अफरको अवधि पुस ३० सम्म थप
नेपाल टेलिकमले ग्राहकको बढ्दो मागलाई मध्यनजर गर्दै ३० एमबीपीएस क्षमताको एनटी फाइबर इन्टरनेट प्याकेज तथा एनटी फाइबरमा प्रयोग हुने मेस एपी (ःभकज ब्ए) अफरको अवधि थप गरेको छ ।

काठमाडौं, । नेपाल टेलिकमले ग्राहकको बढ्दो मागलाई मध्यनजर गर्दै ३० एमबीपीएस क्षमताको एनटी फाइबर इन्टरनेट प्याकेज तथा एनटी फाइबरमा प्रयोग हुने मेस एपी (ःभकज ब्ए) अफरको अवधि थप गरेको छ ।
कम्पनीले २०८३ असोज ८ गतेदेखि सुरु गरेको मेस एपी अफर र असोज ३० गतेदेखि वितरण सुरु गरेको ३० एमबीपीएस क्षमताको एनटी फाइबर प्याकेजलाई ग्राहकबाट राम्रो प्रतिक्रिया प्राप्त भएपछि दुवै अफरको अवधि आगामी २०८३ पुस ३० गतेसम्म कायम गर्ने निर्णय गरेको हो ।
हाल चर्चामा रहेको ३० एमबीपीएस क्षमताको एनटी फाइबर इन्टरनेट प्याकेज वार्षिक ४ हजार ९९९ रुपैयाँमा उपलब्ध रहेको छ । त्यसैगरी, घरका सबै कोठा तथा स्थानमा सहज रूपमा वाइफाइ सेवा विस्तार गर्न प्रयोग हुने मेस एपी उपकरणमा ४० प्रतिशत छुट दिइएको छ । छुटसहित उक्त उपकरण २ हजार ९९९ रुपैयाँमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।
यसैबीच, नेपाल टेलिकमले दसैं–तिहार विशेष अफरअन्तर्गत नयाँ ग्राहकलाई उपलब्ध गराउँदै आएको एनटी फाइबर इन्टरनेट जडान शुल्कमा ३ हजार रुपैयाँ छुटको व्यवस्था पनि निरन्तरता दिएको छ । उक्त छुट सुविधा भने २०८३ कात्तिक ३० गतेसम्म मात्र लागू हुनेछ । कम्पनीका अनुसार कात्तिक ३० गतेभित्र डिमान्ड पोर्टलमार्फत नयाँ जडानका लागि आवेदन दर्ता गराइसक्ने ग्राहकले उक्त ३ हजार रुपैयाँ छुट प्राप्त गर्न सक्नेछन् । नयाँ जडानका लागि ग्राहकले नेपाल टेलिकमको १९८ नम्बरमा फोन गरेर, नेपाल टेलिकम एपमार्फत वा कम्पनीको डिमान्ड पोर्टल मा गएर आवेदन दर्ता गर्न सक्नेछन् ।
एनटी फाइबर इन्टरनेट तथा मेस एपी अफरको अवधि थप भएसँगै ग्राहकले थप समयसम्म सहुलियत मूल्यमा उच्च गतिको इन्टरनेट सेवा र घरका सबै स्थानमा वाइफाइ पहुँच विस्तार गर्ने सुविधा प्राप्त गर्ने कम्पनीको विश्वास छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




