Logo
Logo
समाचार

नेपाल टेलिकमको दसैँ, तिहार अफर: मोबाइलमा सहुलियत दरका प्याकेज

नेपाल टेलिकमले दसैँ, तिहार तथा छठका अवसरमा आफ्ना ग्राहकका लागि इन्टरनेट जडानमा छुट, बोनससहितको वार्षिक इन्टरनेट प्याकेज तथा सहुलियत दरका मोबाइल डाटा र भ्वाइस प्याकेजसहितको ‘दसैँ–तिहार अफर २०८३’ सार्वजनिक गरेको छ ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ आश्विन २४ गते २०:५९
५६
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । नेपाल टेलिकमले दसैँ, तिहार तथा छठका अवसरमा आफ्ना ग्राहकका लागि इन्टरनेट जडानमा छुट, बोनससहितको वार्षिक इन्टरनेट प्याकेज तथा सहुलियत दरका मोबाइल डाटा र भ्वाइस प्याकेजसहितको ‘दसैँ–तिहार अफर २०८३’ सार्वजनिक गरेको छ ।

कम्पनीले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार नयाँ ‘फाइबर टु द होम (एफटिटीएच) प्याकेज लिने गर्ने ग्राहकले जडान शुल्कमा छुट पाउनेछन् भने मोबाइल सेवाका ग्राहकले विभिन्न दरका डाटा, भ्वाइस तथा सन्देश प्याकेज खरिद गर्न सक्नेछन् ।

टेलिकमका प्रवक्ता डा. कमल लामिछानेका अनुसार यही असोज २५ गतेदेखि आगामी कात्तिक ३० गतेसम्म नयाँ एफटिटीएच प्याकेज जडान गर्ने ग्राहकलाई रु. ५०० जडान शुल्क मिनाहा गरिनेछ । त्यस्तै, १००, १५० र २०० एमबिपिएस क्षमताका नयाँ वार्षिक प्याकेज खरिद गर्ने ग्राहकले एक महिना थप सेवा पाउने उनले जानकारी दिए । यसअनुसार ग्राहकले १२ महिनाको शुल्कमा १३ महिनासम्म इन्टरनेट सेवा उपयोग गर्न सक्नेछन् । बोनसका रूपमा उपलब्ध हुने मोबाइल डाटा पनि १३ महिनासम्म उपलब्ध हुनेछ ।

भर्चुअल सेट(टप बक्ससहितको प्याकेज लिने ग्राहकका लागि रु एक हजार छुटको सुविधा यसअघि उपलब्ध रहेको कम्पनीले जनाएको छ । मोबाइल डाटामा रु ४९९ र रु ६९९ का प्याकेजअन्तर्गत जिएसएम मोबाइल सेवाका ग्राहकका लागि रु ४९९ मा पाँच जिबी दैनिक उच्च गतिको डाटासहितको ‘फेस्टिभल अनलिमिटेड’ र रु. ६९९ मा १० जिबी दैनिक उच्च गतिको डाटासहितको ‘फेस्टिभल अनलिमिटेड प्रिमियम’ प्याकेज उपलब्ध हुनेछन् ।

कम्पनीका अनुसार रु. ४९९ को प्याकेजमा प्रतिदिन पाँच जिबी डाटा खपत भएपछि बाँकी समयावधिमा दुई एमबिपिएस गतिमा असीमित डाटा प्रयोग गर्न सकिनेछ । त्यसै गरी, रु. ६९९ को प्रिमियम प्याकेजमा प्रतिदिन १० जिबी डाटा खपत भएपछि बाँकी समयावधिमा तीन एमबिपिएस गतिमा असीमित डाटा प्रयोग गर्न सकिने व्यवस्था गरिएको प्रवक्ता लामिछानेले बताए ।

टेलिकमले भ्वाइस तथा सन्देश सेवामा पनि सहुलियत दरका प्याकेज ल्याएको छ । यसअन्तर्गत रु. २०० मा सबै नेटवर्कमा प्रयोग गर्न मिल्ने एक हजार मिनेटको ‘जोयफुल मिनेट्स’ प्याकेज उपलब्ध हुनेछ । त्यस्तै, रु. ९९ मा आफ्नै नेटवर्कभित्र एक हजार एसएमएस पठाउन सकिने ‘फेस्टिभ म्यासेज’ प्याकेज पनि खरिद गर्न सकिनेछ । यी मोबाइल प्याकेजको समयावधि ३० दिनको हुनेछ ।

मोबाइलबाटै प्याकेज खरिद गर्न सकिने
कम्पनीका अनुसार कात्तिक ३० गतेसम्म मोबाइलमार्फत प्याकेज खरिद गर्ने ग्राहकले उक्त अफरअन्तर्गतका सुविधा प्राप्त गर्न सक्नेछन् । ग्राहकले आफ्नो मोबाइलबाट ८१४१५८११३ डायल गरेर वा नेपाल टेलिकमको मोबाइल एप प्रयोग गरी आफूलाई आवश्यक प्याकेज खरिद गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित