Logo
Logo
समाचार

‘नेपाल संवत कुनै एक जात वा भाषा विशेषको मात्रै होइन, सम्पूर्ण नेपालीको साझा राष्ट्रिय सम्पदा होस्’ : सभामुख अर्याल

त
तिलिचो न्यूज संवाददाता
२०८३ कार्तिक २४ गते १९:१०
९
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाल संवत नेपालको ऐतिहासिक सभ्यता, सांस्कृतिक गौरव र राष्ट्रिय पहिचानसँग जोडिएको साझा राष्ट्रिय सम्पदा भएको बताएका छन् ।

मंगलवार नेपाल संवत् ११४७ को अवसरमा आयोजित कार्यक्रममा उनले नेपाल संवत कुनै एक जात वा भाषा विशेषको मात्रै नभएको बताएका हुन् । उनले नेपाल संवत केवल समय गणना गर्ने पात्रो मात्र नभई नेपालको मौलिक इतिहास र सभ्यताको महत्वपूर्ण धरोहर भएको उल्लेख गरे।

नेपाल संवतको प्रारम्भ राष्ट्रिय विभूति शंखधर साख्वाको लोककल्याणकारी योगदानसँग जोडिएको बताउँदै उनले ऋणमा डुबेका जनतालाई ऋणमुक्त गराएर साख्वाले सामाजिक न्याय, परोपकार र सामूहिक हितको सन्देश दिएको उल्लेख गरे। नेपाल संवत ऐतिहासिक, सामाजिक तथा सांस्कृतिक महत्व नेपाल मण्डलको जीवन पद्धतिसँग गहिरो रूपमा जोडिएको उनको भनाई छ । उनका अनुसार चाडपर्व, जात्रा, संस्कार र परम्पराको निरन्तरतामा नेपाल संवतको महत्वपूर्ण भूमिका रहँदै आएको छ । उनले नेपाल संवत नेपालको लोकतान्त्रिक तथा सांस्कृतिक आन्दोलनको महत्वपूर्ण अध्याय समेत भएको बताए ।

विशेष गरी पञ्चायती शासनकालमा भाषा, संस्कृति, लिपि र पहिचानको अधिकारका लागि यस आन्दोलनले महत्वपूर्ण आवाज उठाएको उनको भनाइ छ । शंखधर साख्वालाई राष्ट्रिय विभूति घोषणा, नेपाल संवतलाई राष्ट्रिय संवतको मान्यता प्रदान तथा सरकारी कागजातमा समेत यसको उल्लेख गर्ने निर्णय आन्दोलनका महत्वपूर्ण उपलब्धि भएको उनले बताए । यी उपलब्धिलाई व्यवहारमा कार्यान्वयन गर्दै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक निकायमा नेपाल संवतको प्रयोग विस्तार गर्नुपर्नेमा उनले जोड दिए।

उनले भने, ‘नेपाल संवत् केवल समय गणना गर्ने पात्रो मात्र होइन, यो नेपालको ऐतिहासिक सभ्यता, सांस्कृतिक गौरव र राष्ट्रिय पहिचानको महत्वपूर्ण सम्पदा हो । यसको प्रारम्भ राष्ट्रिय विभूति शंखधर साख्वाको लोककल्याणकारी योगदानसँग जोडिएको छ । ऋणमा डुबेका जनतालाई ऋणमुक्त गराई उहाँले स्थापना गर्नुभएको यस संवतले सामाजिक न्याय, परोपकार र सामूहिक हितको महान् सन्देश दिएको छ । उहाँको योगदान कुनै एक समुदायमा सीमित नभई सम्पूर्ण मानव समाजका लागि अनुकरणीय छ । नेपाल सम्वत्को ऐतिहासिक, सामाजिक र सांस्कृतिक महत्व नेपाल मण्डलको जीवन पद्धतिसँग गहिरो रूपमा जोडिएको छ । हाम्रा चाडपर्व, जात्रा, संस्कार र परम्पराको निरन्तरतामा यसको महत्वपूर्ण भूमिका रहँदै आएको छ । नेपाल संवत् आन्दोलन नेपालको लोकतान्त्रिक तथा सांस्कृतिक आन्दोलनको पनि महत्वपूर्ण अध्याय हो । विशेष गरी पञ्चायती शासनकालमा भाषा, संस्कृति, लिपि र पहिचानको अधिकारका लागि यस अभियानले महत्वपूर्ण आवाज उठाएको थियो । यस आन्दोलनलाई अगाडि बढाउनुहुने सम्पूर्ण अग्रज तथा अभियान्ताहरूप्रति म उच्च सम्मान व्यक्त गर्दछु । शंखधर साख्वालाई राष्ट्रिय विभूति घोषणा, नेपाल सम्वत्लाई राष्ट्रिय सम्वत्को मान्यता प्रदान तथा सरकारी कागजातमा समेत यसको उल्लेख गर्ने निर्णय यस आन्दोलनका महत्वपूर्ण उपलब्धि हुन् । अब यी उपलब्धिहरूलाई व्यवहारमा कार्यान्वयन गर्दै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक निकायमा नेपाल सम्वतको प्रयोग विस्तार गर्न आवश्यक छ । नेपालको संविधानले स्वीकार गरेको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक पहिचान हाम्रो राष्ट्रिय शक्ति हो । नेपाल संवत् कुनै एक समुदायको मात्र सम्पत्ति नभई सम्पूर्ण नेपालीको साझा राष्ट्रिय सम्पदा हो । त्यसैले नेपाल भाषा, नेपाल लिपि र समग्र मौलिक सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धनमा राज्य र समाज दुवैको सक्रिय भूमिका आवश्यक छ । यस अभियानलाई नयाँ पुस्तासँग जोड्दै शिक्षा, अनुसन्धान, प्रविधि र दैनिक जीवनमा नेपाल सम्वत्को प्रयोग विस्तार गर्न सकेमात्र यसको दीर्घकालीन संरक्षण सम्भव हुनेछ । नेपाल संवत ११४७ ले सम्पूर्ण नेपालीमा एकता, सद्भाव, सुख, शान्ति, समृद्धिको नयाँ ऊर्जा प्रदान गरोस्। हाम्रो मौलिक इतिहास, भाषा, संस्कृति र राष्ट्रिय पहिचानको संरक्षणमा हामी सबै एकजुट भएर अघि बढाऔँ ।’

सभामुख अर्यालले मौलिक इतिहास, भाषा, संस्कृति र राष्ट्रिय पहिचानको संरक्षणमा सबैलाई एकजुट हुन आह्वान समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित