Logo
Logo
समाचार

नेपाल र माइक्रोनेसियाबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेका देशहरूका सङ्ख्या यससँगै १८५ पुगेको छ ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ भदौ ३० गते १५:२६
३
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । नेपाल र माइक्रोनेसियाको संघीय राज्यबीच आज कूटनीतिक सम्बन्ध स्थापना भएको छ । नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेका देशहरूका सङ्ख्या यससँगै १८५ पुगेको छ ।

संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा र संयुक्त राष्ट्रसंघका लागि माइक्रोनेसियाको संघीय राज्यका स्थायी प्रतिनिधि जीम एस लिप्पवेले सो सम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेको नेपाली नियोगले जनाएको छ ।

सो अवसरमा दुवै राजदूतबीच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा साझा चासोका  विभिन्न विषयमा एक अर्कालाई सहयोग गर्नेबारे विचार आदानप्रदान भएको थियो । माइक्रोनेसिया पश्चिमी प्रशान्त महासागरमा अवस्थित ६०० भन्दा बढी टापु मिलेर बनेको एक द्विपीय राष्ट्र हो ।

माइक्रोनेसियाले नोभेम्बर ३, १९८६ मा स्वतन्त्रता प्राप्त गरेको थियो । सेप्टेम्बर १७, १९९१ मा संयुक्त राष्ट्रसंघको सदस्य बनेको हो । यसको कुल क्षेत्रफल ७०१ वर्ग किलोमिटर  छ भने अनुमानित जनसङ्ख्या एक लाख रहेको छ । नेपाल र माइक्रोनेसिया दुवै ‘जी ७७ चाइना समूह’का सदस्य हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित