Logo
Logo
समाचार

नेपाल र भारतबीच सहमति : काठमाडौँ-भैरहवा-लखनऊ हवाई मार्ग ‘दुईतर्फी’ बनाइने

नेपाल र भारतबीच हाल एकतर्फी मात्र सञ्चालनमा रहेको ‘बी३४५’ काठमाडौँ-भैरहवा-लखनऊ हवाई मार्गलाई दोहोरो (दुईतर्फी) बनाउने सहमति भएको छ

त
तिलिचो न्यूज संवाददाता
२०८३ मंसिर ७ गते २१:४८
१
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौं । नेपाल र भारतबीच हाल एकतर्फी मात्र सञ्चालनमा रहेको ‘बी३४५’ काठमाडौँ-भैरहवा-लखनऊ हवाई मार्गलाई दोहोरो (दुईतर्फी) बनाउने सहमति भएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहको भारतको दुईदिने राजकीय भ्रमणका क्रममा भारतीय समकक्षी नरेन्द्र मोदीसँग भएको द्विपक्षीय वार्तापछि नोभेम्बर २३ मा जारी संयुक्त प्रेस वक्तव्यमा यो सहमति सार्वजनिक गरिएको हो ।

दुई देशबीचको हवाई सम्पर्क (कनेक्टिभिटी) विस्तार गर्न तथा द्विपक्षीय आर्थिक संलग्नतालाई प्रवर्द्धन गर्न नागरिक उड्डयनका विषयमा भइरहेका छलफलका क्रममा यो निर्णय लिइएको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिअनुसार हाल एकतर्फी (युनिडाइरेक्सनल) रहेको काठमाडौँ-भैरहवा-लखनऊ (बी३४५) हवाई मार्गलाई अब दुईतर्फी (बाइडाइरेक्सनल) बनाउन दुवै क्ष सहमत भएका छन् ।

सहमतिलाई कार्यान्वयनमा ल्याउन आवश्यक प्राविधिक ढाँचा (मोडालिटी) टुङ्ग्याउनका लागि दुवै देशबीच छिट्टै प्राविधिक परामर्श गरिनेछ ।

साथै हाल दुवै पक्षबाट छलफलमा रहेका नागरिक उड्डयनसम्बन्धी अन्य प्रस्तावहरूलाई समेत सोही प्राविधिक परामर्शका क्रममा सम्बोधन गरिने संयुक्त प्रेस वक्तव्यमा जनाइएको छ ।

प्रधानमन्त्री शाहले पदभार ग्रहण गरेपछि भारतको पहिलो राजकीय भ्रमण गरेका हुन् । भ्रमणका क्रममा हवाई मार्गका अतिरिक्त रेल, समुद्री बन्दरगाह र सीमा पूर्वाधारसहित समग्र कनेक्टिभिटी विस्तारका विभिन्न विषयमा समेत महत्त्वपूर्ण सहमति भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित