Logo
Logo
समाचार

‘नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजमा प्रयोग गर्ने ऐन ल्याएका छौँ’ : मुख्यमन्त्री थापा मगर

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपाल भाषा र तामाङ भाषालाई प्रदेशमा सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गर्ने कानूनी व्यवस्था गरिएको बताएका छन् ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ कार्तिक २४ गते १६:०७
४६
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपाल भाषा र तामाङ भाषालाई प्रदेशमा सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गर्ने कानूनी व्यवस्था गरिएको बताएका छन् ।

मंगलवार भक्तपुरमा राष्ट्रिय विभूति शङ्खधर साख्वा: प्रतिष्ठानले नेपाल संवत् ११४७ नयाँ वर्षको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले प्रदेश सरकारले भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनलाई प्राथमिकतामा राखेको बताए । मुख्यमन्त्री थापा मगरले बागमती प्रदेश सरकारले नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजमा प्रयोग गर्ने गरी ऐन निर्माण गरी कार्यान्वयनको प्रक्रिया अघि बढाएको जानकारी दिए।

 बहुभाषिक र बहुजातीय मुलुकमा प्रदेशको भाषिक तथा सांस्कृतिक पहिचानलाई सरकारी मान्यता दिनु संघीयताको महत्त्वपूर्ण उपलब्धि भएको उनको भनाइ छ । उनले बागमती प्रदेश सरकारले भाषा, साहित्य, कला र संस्कृतिको उत्थानका लागि हरेक वर्ष बजेट विनियोजन गर्दै आएको बताए। 

सोही क्रममा शङ्खधर साख्वा: प्रतिष्ठानको संग्रहालय निर्माण, संरक्षण र विकासका लागि समेत प्रदेश सरकारले बजेट छुट्याएको उनले जानकारी दिए। बागमती प्रदेशका १३ वटै जिल्लामा शङ्खधर साख्वाको योगदान र पहिचानलाई स्थापित गर्नुपर्ने उल्लेख गर्दै उनले यस वर्ष दोलखा जिल्लामा शङ्खधर साख्वा: प्रतिष्ठान निर्माणका लागि समेत बजेट विनियोजन गरिएको बताए। मुख्यमन्त्री थापा मगरले नेपाल बहुभाषिक र बहुजातीय मुलुक भएकाले हरेक भाषा, संस्कृति र परम्पराको आफ्नै मौलिक महत्त्व रहेको बताए । प्रदेशको जनसांख्यिक तथा भाषिक विशेषताअनुसार भाषा र संस्कृतिको संरक्षण गर्दै सरकारी मान्यता दिने काम संघीयताको सुन्दर पक्ष भएको उनको भनाइ छ । 

मुख्यमन्त्री थापा मगरले भने, ‘राष्ट्रिय विभूति शङ्खधर साख्वा:ले सर्वसाधारण जनतालाई ऋणमुक्त गराई मानवता, परोपकार र सामाजिक सेवाको अनुपम उदाहरण प्रस्तुत गरेका थिए । उनको यही महान् योगदानका कारण नेपाल संवत् हाम्रो मौलिक राष्ट्रिय पहिचान र गौरवको प्रतीक बनेको छ । नेपाल बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक मुलुक हो । प्रत्येक भाषा र संस्कृतिको आफ्नै मौलिक महत्त्व छ । बागमती प्रदेश सरकारले भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि निरन्तर बजेट विनियोजन गर्दै आएको छ । शङ्खधर साख्वा: प्रतिष्ठानको संरक्षण, संग्रहालय निर्माण तथा विकासका लागि समेत प्रदेश सरकारले सहयोग गरेको छ । 

साथै, दोलखा जिल्लामा पनि शङ्खधर साख्वा: प्रतिष्ठान निर्माणका लागि बजेट विनियोजन गरिएको छ । बागमती प्रदेश सरकारले नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गर्ने कानूनी व्यवस्था गर्नु ऐतिहासिक उपलब्धि हो । यो संघीयताको मर्मअनुरूप स्थानीय भाषा, संस्कृति र पहिचानको संरक्षण गर्ने महत्त्वपूर्ण कदम हो ।’

उनले शङ्खधर साख्वाले ११४७ वर्षअघि ऋणमा डुबेका सर्वसाधारणलाई ऋणमुक्त गराएर गरेको परोपकारी कार्य सामाजिक सेवाको महत्त्वपूर्ण उदाहरण भएको उल्लेख गर्दै उनको योगदानको संरक्षण र प्रचारप्रसारमा प्रतिष्ठानले खेलेको भूमिकाको प्रशंसा गरे  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित