Logo
Logo
समाचार

नेपाल बैंकका पूर्वअध्यक्ष चन्द्रबहादुर अधिकारी दोषी ठहर

कर्जा प्रवाहका क्रममा व्यवसायीबाट ७४ लाख रुपैयाँ घुस लिएको अभियोगमा नेपाल बैंक लिमिटेडका तत्कालीन सञ्चालक समिति अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीलाई विशेष अदालतले दोषी ठहर गरेको छ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ आश्विन १३ गते २०:५१
६२
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । कर्जा प्रवाहका क्रममा व्यवसायीबाट ७४ लाख रुपैयाँ घुस लिएको अभियोगमा नेपाल बैंक लिमिटेडका तत्कालीन सञ्चालक समिति अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीलाई विशेष अदालतले दोषी ठहर गरेको छ।

विशेष अदालतका अध्यक्ष नारायणप्रसाद पौडेल तथा सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले सोमबार फैसला गर्दै अधिकारीलाई दोषी ठहर गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन व्यवसायीसँग घुस लिएको अभियोगमा अधिकारीसहितका प्रतिवादीविरुद्ध २०८२ जेठमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

सोही मुद्दामा प्रतिवादी बनाइएका सुमित्राकुमारी घिमिरे र ईश्वरीप्रसाद गौतमलाई भने अदालतले सफाइ दिएको छ।

अधिकारीलाई के कति सजाय हुने भन्ने विषय फैसलाको पूर्ण पाठ तथा सजाय निर्धारणसम्बन्धी आदेशबाट स्पष्ट हुने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित