नवनियुक्त प्रहरी महानिरीक्षक केसीलाई गृहमन्त्री गुरुङले लगाए दर्ज्यानी चिह्न
बुधबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री गुरुङले केसीलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न लगाइदिएका हुन्

काठमाडौँ। नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीलाई गृहमन्त्री सुधन गुरुङले दर्ज्यानी चिह्न प्रदान गरेका छन्।
बुधबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री गुरुङले केसीलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न लगाइदिएका हुन्। यसअघि नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षकलाई गृहसचिवले दर्ज्यानी चिह्न प्रदान गर्ने अभ्यास थियो।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) केसीलाई नेपाल प्रहरीको महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो। प्रहरी नियमावली, २०७१ को नियम ४१ बमोजिम उनको बढुवा कात्तिक १८ गतेदेखि लागू हुने निर्णय भएको हो।
सरकारले बहालवाला प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको जिम्मेवारी परिवर्तन गरी केसीलाई प्रहरी संगठनको नेतृत्व दिएको हो।
मन्त्रिपरिषद्ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रहरी महानिरीक्षकस्तरको विशेष सुरक्षा सल्लाहकार पद सिर्जना गर्दै कार्कीलाई उक्त जिम्मेवारीमा खटाउने निर्णय गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




