समाचार
नवनियुक्त चार न्यायाधीशद्वारा शपथग्रहण
त
तिलिचो न्यूज संवाददाता२०८३ कार्तिक २७ गते २२:३९
४२
0
CommentsShares

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माले सर्वोच्च अदालतका नवनियुक्त चार न्यायाधीशहरूलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका छन् ।
शीलत निवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजित समारोहमा प्रधानन्यायाधीश डा शर्माले नवनियुक्त न्यायाधीशहरू डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीलाई शपथग्रहण गराएका हुन् । न्याय परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले आज सर्वोच्च अदालतका लागि चार न्यायाधीशलाई नियुक्त गरेका थिए।
यसअघि, प्रस्तावित चारै न्यायाधीशको संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको थियो । न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




