Logo
Logo
समाचार

नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी रायमाझी जेलमुक्त

नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई जेल सजाय भुक्तान गरिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी रिहा भएका छन् ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ कार्तिक २६ गते १३:३०
४७
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई जेल सजाय भुक्तान गरिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी रिहा भएका छन् । उनी बिहीबार बिहान डिल्लीबजार कारागारबाट मुक्त भएका हुन् ।

६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकले पाउने कैद छुटको सुविधा अनुसार रायमाझी रिहा भएका हुन् । उनलाई कैदमुक्त गर्न काठमाडौं जिल्ला अदालतले कारागार कार्यालयलाई पत्राचार गरेको थियो ।

रायमाझीले दिएको निवेदनका आधारमा अदालतले ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाअनुसार कैदमा २५ प्रतिशत छुट दिने निर्णय गर्दै संशोधित कैदीपुर्जी जारी गरेको थियो ।

तिहारअघि नै संशोधित कैदीपुर्जी प्राप्त भएपछि उनलाई थुनामुक्त गरिएको डिल्लीबजार कारागारका एक अधिकृतले बताएका छन् ।

कारागारका जेलर बाबुराम अर्यालले पनि अदालतबाट तिहारअघि नै रायमाझीलाई रिहा गर्न पत्र प्राप्त भएको जानकारी दिएका छन् । उनका अनुसार संशोधित कैदीपुर्जीअनुसार बिहीबार रायमाझीको रिहाइ हुने दिन थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका रायमाझी २०८० वैशाख २० गतेदेखि थुनामा थिए । काठमाडौं जिल्ला अदालतले २०८३ असार ३० गते उनलाई चार वर्ष कैद सजाय सुनाएको थियो ।

ज्येष्ठ नागरिकलाई कैद सजायमा २५ प्रतिशत छुट दिने कानुनी व्यवस्थाअनुसार रायमाझीले उक्त सुविधा पाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित