Logo
Logo
समाचार

नबिल बैंक बन्यो देशकै सर्वाधिक कर तिर्ने बैंक, ३ अर्ब ६० करोड कर बुझाउँदै पायो राष्ट्रिय सम्मान

त
तिलिचो न्यूज संवाददाता
२०८३ मंसिर १ गते २२:१९
४२
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौं। आर्थिक वर्ष २०८१/०८२ मा बैंकिङ क्षेत्रबाट सर्वाधिक आयकर तिर्ने बैंकका रूपमा नबिल बैंक नेपाल सरकारबाट सम्मानित भएको छ। राष्ट्रिय कर दिवसका अवसरमा आयोजित समारोहमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बैंकका अध्यक्ष निर्वाण कुमार चौधरीलाई सम्मानपत्र हस्तान्तरण गर्नुभएको छ।

नबिलले सो आर्थिक वर्षमा करिब ३ अर्ब र त्यसपछि ३ अर्ब ६० करोड रुपैयाँ आयकर राज्यको ढुकुटीमा बुझाएको छ। नवौँ पटक यो सम्मान प्राप्त गरेको बैंकले पारदर्शी अभ्यास, जिम्मेवार बैंकिङ र राष्ट्रको आर्थिक विकासमा निरन्तर योगदान पुर्‍याउँदै आएको जनाएको छ। चार दशकभन्दा लामो यात्रा तय गरेको बैंकले देशभर २६१ शाखा र ३१८ एटिएममार्फत करिब ३० लाख ग्राहकलाई सेवा दिइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित