Logo
Logo
समाचार

नारायणीमा पानीको सतह अहिलेसम्मकै उच्च, दर्जनौँ बस्ती डुबानमा

पुलमा पूर्ण रूपमा सवारीसाधन सञ्चालनमा रोक लगाइएकामा अहिले मोटरसाइकललाई मात्र छोडिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट-सुस्तापूर्व) का सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक अनिल पण्डितले बताए ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ आश्विन ११ गते २३:२३
१३
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

नवलपुर । नारायणी नदीको बहाव उच्च भएपछि पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । नदीमा पानीको सतह बढेपछि चितवन र नवलपरासी (बर्दघाट-सुस्तापूर्व) जोड्ने पूर्वपश्चिम राजमार्गको नारायणी पुलमाथि ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ ।

देवघाटस्थित जलमापन केन्द्रका अनुसार दिउँसो १:५० बजे नारायणीमा पाानीको सतह ११.९१ मिटर पुगेको थियो । बहाव बढ्ने क्रममा रहेको केन्द्रले जनाएको छ । केन्द्रमा ७.३ मिटर पानीको सतहलाई चेतावनीको तह र ९ मिटरलाई खतराको तह मानिन्छ ।

पुलमा पूर्ण रूपमा सवारीसाधन सञ्चालनमा रोक लगाइएकामा अहिले मोटरसाइकललाई मात्र छोडिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट-सुस्तापूर्व) का सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक अनिल पण्डितले बताए ।

पुल पुरानो भएको र अत्यधिक हल्लिएपछि सवारीसाधन पूर्ण रूपमा रोक लगाइएको उनले बताए ।

सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले पुलमाथि रोकिएर पैदलयात्रीलाई तस्बिर, श्रव्यदृश्य सामग्री खिच्न रोक लगाइएको छ । नवलपुरबाट चितवनतर्फ जाने मोटरसाइकल बाहेकका सवारीसाधनलाई गैँडाकोटमा र नवलपुरतर्फ आउने सवारीसाधनलाई चितवनको नारायणघाटमा रोकिएको छ ।

नदीमा पानीको बहाव घटेपछि सवारीसाधन पूर्ण रूपमा सञ्चालन गर्न दिइने प्रहरी नायब उपरीक्षक पण्डितले बताए ।

नारायणीमा पानीको बहाव बढ्दै गएपछि गैँडाकोट, कावासोती, मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकामा पर्ने नारायणी नदी तटीय क्षेत्रका बस्तीहरू डुबानमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित