Logo
Logo
समाचार

नाइजेरियाको एक सैन्य अखडामा आक्रमण विफल, ४८ जना आईएसडब्ल्यूएपी लडाकु मारिएको सेनाको दाबी

आईएसडब्ल्यूएपी उत्तरपूर्वी नाइजेरियामा सक्रिय सशस्त्र समूह हो । यसले बोको हरामसँगै उक्त क्षेत्रमा आफ्नो प्रभाव विस्तार गर्दै आएको छ । यी समूहले लेक चाड क्षेत्रका अन्य देशमा समेत आक्रमण गर्दै आएका छन् ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ कार्तिक १४ गते १८:३६
४९
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

अबुजा । नाइजेरियाली सेनाले उत्तरपूर्वी राज्य बोर्नो र योबेमा रहेका सैन्य अखडामा भएका दुईवटा आक्रमण विफल पारेको र त्यस क्रममा इस्लामिक स्टेट वेस्ट अफ्रिका प्रोभिन्स (आईएसडब्ल्यूएपी)का कम्तीमा ४८ जना संदिग्ध लडाकु मारिएको जनाएको छ ।

उत्तरपूर्वी क्षेत्रमा सञ्चालित ‘अपरेसन हादिन काई’ का संयुक्त कार्यदलका प्रवक्ता मोहम्मद गोनीले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार बिहीबार राति र शुक्रबार बिहान बोर्नो राज्यको ग्वाजा स्थानीय सरकारी क्षेत्रअन्तर्गत बिट्टा तथा योबे राज्यको बुनी यादीस्थित सैन्य अखडामा आक्रमण भएको थियो । सेनाले दुवै आक्रमण विफल पारेको जनाएको छ ।

गोनीका अनुसार बोर्नोको बिट्टामा बिहीबार राति भएको आक्रमणलाई सेनाले हवाई सहयोगसहितको जवाफी कारबाहीमार्फत विफल पारेको थियो ।

त्यस्तै, योबे राज्यको बुनी यादीमा बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म आक्रमण गर्ने लडाकुविरुद्ध सेनाले जवाफी कारबाही गरेको थियो ।

कारबाहीका क्रममा एक सैनिकको मृत्यु भएको र अन्य दुई जना घाइते भएको गोनीले बताउनुभयो । सेनाले लडाकुबाट ५२ थान हतियारसमेत बरामद गरेको जनाएको छ ।

नाइजेरियाली सेनाले सशस्त्र समूहहरूको गतिविधि र परिचालन क्षमता कमजोर पार्न तथा उनीहरूको सदस्य भर्ती, प्रचारप्रसार र आक्रमणको समन्वय गर्ने क्षमतामा अङ्कुश लगाउन सुरक्षा कारबाहीलाई निरन्तरता दिने जनाएको छ ।

आईएसडब्ल्यूएपी उत्तरपूर्वी नाइजेरियामा सक्रिय सशस्त्र समूह हो । यसले बोको हरामसँगै उक्त क्षेत्रमा आफ्नो प्रभाव विस्तार गर्दै आएको छ । यी समूहले लेक चाड क्षेत्रका अन्य देशमा समेत आक्रमण गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित