Logo
Logo
समाचार

‘मुलुकले थप द्वन्द्व थेग्न सक्दैन, राजासहितको राष्ट्रिय सहमति खोजौँ’

सबै राजनीतिक दल र राजाबीच राष्ट्रिय सहमति निर्माण नभएसम्म मुलुकले निकास पाउँदैन,’ लिङ्देनले भने । आगामी मंसिरमा हुने पार्टीको महाधिवेशन केवल नेतृत्व चयन गर्ने प्रक्रिया मात्र नभई पार्टीको आगामी मार्गचित्र तय गर्ने र विगतका कमजोरी सच्याउने महत्वपूर्ण अवसर भएको उनको भनाइ छ ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ भदौ २८ गते १८:५६
७
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई निकास दिन निषेधको राजनीति त्यागेर राजासहितको राष्ट्रिय सहमति निर्माण गर्नुपर्ने बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित राप्रपाको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले देश लामो समयदेखि राजनीतिक तरलता र अनिश्चितताको अँध्यारो सुरुङमा प्रवेश गरेको बताए ।

विगतमा भएका राजनीतिक परिवर्तन र विद्रोहपछि पनि जनतामा आशा जाग्न नसकेको उल्लेख गर्दै उनले अब देशले थप द्वन्द्व र निषेधको राजनीति थेग्न नसक्ने बताए ।

‘सबै राजनीतिक दल र राजाबीच राष्ट्रिय सहमति निर्माण नभएसम्म मुलुकले निकास पाउँदैन,’ लिङ्देनले भने ।

आगामी मंसिरमा हुने पार्टीको महाधिवेशन केवल नेतृत्व चयन गर्ने प्रक्रिया मात्र नभई पार्टीको आगामी मार्गचित्र तय गर्ने र विगतका कमजोरी सच्याउने महत्वपूर्ण अवसर भएको उनको भनाइ छ ।

लिङ्देनले पार्टीलाई आन्तरिक रूपमा बलियो र एकताबद्ध बनाउन नेता तथा कार्यकर्तालाई आग्रह गरे । चुनाव जित्ने नाममा पार्टीका सांसद तथा जनप्रतिनिधि अन्य दलको प्रभावमा पर्ने वा अनुशासन उल्लंघन गर्ने प्रवृत्ति स्वीकार्य नहुने उनले स्पष्ट पारे ।

आफू अध्यक्षमा रहँदा वा नरहँदा पनि पार्टी र कार्यकर्ताको शिर झुक्ने कुनै काम नगरेको दाबी गर्दै लिङ्देनले भ्रष्टाचारविरुद्धको आफ्नो अडानमा सधैँ अडिग रहने प्रतिबद्धता व्यक्त गरे ।

काठमाडौं जिल्ला अधिवेशनमा स्वस्थ र मर्यादित ढंगले प्रतिस्पर्धा गर्न उनले उम्मेदवारहरूलाई सुझावसमेत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित