Logo
Logo
समाचार

‘मुलुक बाहिरबाट देखिएजस्तो शान्त छैन, जुनसुकै बेला आगो बल्न सक्छ’ : गगन थापा

नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले मुलुक बाहिरबाट हेरेजस्तो शान्त नभएको भन्दै जुनसुकै बेला ठूलो जनउभार सडकमा आउन सक्ने चेतावनीसहितको विश्लेषण गरेका छन् ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ आश्विन २० गते ०३:२३
४२
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले मुलुक बाहिरबाट हेरेजस्तो शान्त नभएको भन्दै जुनसुकै बेला ठूलो जनउभार सडकमा आउन सक्ने चेतावनीसहितको विश्लेषण गरेका छन् । 

सोमवार काठमाडौँको खुलामञ्चमा जारी पार्टीको १५ औँ महाधिवेशनको बन्द सत्रमा बोल्दै सभापति थापाले यस्तो बताएका हुन् । 

मुलुकमा दुई तिहाइको सरकार चलिरहेको कारण सबै ठिकठाक देखिए पनि जनतामा भित्रभित्रै असन्तुष्टि र आक्रोश चुलिँदै गएको विश्लेषण पार्टीको रहेको बताए । उनले भर्खरै सुनसरी र सिराहा लगायत पूर्वी तराईमा देखिएको साम्प्रदायिक तनावको घटनाको उदाहरण दिँदै जुनसुकै बेला आगो दन्किन सक्ने चेतावनी दिए । 

उनले नेपाली समाजमा विद्यमान असन्तोष सम्बोधनतर्फ सरकारको ध्यान केन्द्रित हुनुपर्ने समेत बताए । उनले अहिले पनि रोजगारीको अवसरका लागि मुलुकबाट बाहिरिने नागरिक घट्न नसकेकोप्रति चिन्ता समेत व्यक्त गरे ।

उनले भने, ‘अहिले मुलुक बाहिरबाट हेर्दै गर्दा शान्त छ । चुनाव भएको छ । सरकार छ, दुई तिहाइको बहुमत छ । प्रतिपक्षी दलहरू पनि छन् । सबै ठिक्क देखिन्छ । तर यस्तो होइन । अस्ति भर्खरै सुनसरीको घटनाले के देखायो ? सानो एउटा घटनाले पनि एकाएक आगो बल्न सक्ने अवस्था छ । किनकि नेपाल समाज यति बेचैन छ अहिले, यति ठूलो फ्रस्टेसन छ, यति ठूलो असन्तुष्टि छ । चुनाव भयो नयाँ पार्टी आएको छ, सबै ठिकठाक पनि देखिएको छ । तर यो असन्तुष्टिहरूको कारणहरू सम्बोधन नभएको हुनाले कुनै पनि बेला जनउभार आउन सक्छ । यो नेपाली काँग्रेसको विश्लेषण हो । र यो बेलामा रेस्पोन्स कसरी गरिएको छ कि  समस्या एकातिर छ, सरकार अर्कै बाटोमा छ । अहिले पनि प्रत्येक दिन २ हजार, २५ सय मानिस रोजगारीका लागि देश छोडेर बाहिर जान्छन् । यो अहिलेको सरकारले गरेको होइन है । हाम्रो पाला विगत दश वर्षदेखि यही नै भइरहेको थियो । ती मान्छेहरू बाहिर गएर पैसा कमाएर नेपाल पठाउँछन् । पैसा बैंकमा यति धेरै थुप्रिएको छ कि नेपालको जीवनमा आजसम्म यति पैसा कहिले पनि थिएन । हामीसँग त्यतिधेरै पैसा छ अहिले ।’  

उनले नेपालका बैंकहरुमा अहिलेको जस्तो पैसा कहिल्यै नथुप्रिएको भन्दै लगानीको वातावरण बनाउनुपर्नेमा जोड दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित