Logo
Logo
समाचार

मुगुकी जटिल प्रसूति समस्या भएकी महिलाको सेनाद्वारा हवाई उद्धार

त
तिलिचो न्यूज संवाददाता
२०८३ कार्तिक २२ गते १९:०७
३५
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । मुगुमा जटिल प्रसूति समस्या देखिएकी एक गर्भवती महिलाको नेपाली सेनाले हवाई उद्धार गरेको छ।

मुगुको खत्याड गाउँपालिका-९ निवासी २० वर्षीया महिलालाई कात्तिक २२ गते नेपाली सेनाको हवाई साधनमार्फत उद्धार गरी थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्‍याइएको हो।

नेपाली सेनाका अनुसार महिलामा जटिल प्रसूति समस्या देखिएपछि तत्काल थप उपचार आवश्यक भएकाले हवाई उद्धार गरिएको हो।

महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयद्वारा राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालित गर्भवती तथा सुत्केरी महिलाहरूको हवाई उद्धार कार्यक्रममार्फत उनको उद्धार गरिएको सेनाले जनाएको छ।

दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलालाई जटिल स्वास्थ्य समस्या देखिँदा समयमै उपचारको पहुँचमा पुर्‍याउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन हुँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित