Logo
Logo
समाचार

मुग्लिन–नारायणगढ सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने

त
तिलिचो न्यूज संवाददाता
२०८३ मंसिर १३ गते १३:१७
२०
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

चितवन। मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत तुइनखोला क्षेत्रमा आजदेखि दैनिक पाँच घण्टा गाडी आवागमन बन्द हुँदैछ ।पहिरो रोकथामको काम गर्न दैनिक पाँच घण्टा गाडी आवागमन बन्द गरिने जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । आजदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि तुइनखोला क्षेत्रमा दैनिक बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म गाडी चलाउन पाइने छैन ।विगतमा केही समय काम भएर स्थगित भएको नारायणगढ–मुग्लिङ सडक आयोजनाको तुइनखोला खण्डमा पहिरो रोकथामको काम अघि बढाउन लागिएको प्रशासनले जनाएको छ ।

सडक मर्मतका क्रममा हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै दैनिक ५ घण्टा सबै प्रकारका गाडीको आवागमन रोक्ने निर्णय गरिएको सूचनामा उल्लेख छ । यो समयमा काठमाण्डौ–मुग्लिङ–आँबुखैरेनी हुँदै पोखरा ओहोरदोहोर गर्ने गाडी आवागमन भने नरोकिने प्रशासनले जनाएको छ ।

प्रशासनले यात्रु तथा गाडी चालकलाई समयतालिकाअनुसार यात्रा गर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित