Logo
Logo
समाचार

मोबाइलमा ‘हाइ अलर्ट’ मेसेज आउन सक्ने, नआत्तिन गृह मन्त्रालयको अनुरोध

विपद्को समयमा नागरिकलाई समयमै पूर्वसूचना पुर्‍याउने उद्देश्यले सरकारले नेपालमै विकसित ‘सेल ब्रोडकास्ट प्रणाली’ (Cell Broadcast System) को प्रारम्भिक प्राविधिक परीक्षण गर्ने भएको छ ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ मंसिर ७ गते २३:२१
३
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौं । विपद्को समयमा नागरिकलाई समयमै पूर्वसूचना पुर्‍याउने उद्देश्यले सरकारले नेपालमै विकसित ‘सेल ब्रोडकास्ट प्रणाली’ (Cell Broadcast System) को प्रारम्भिक प्राविधिक परीक्षण गर्ने भएको छ ।

गृह मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै सम्बन्धित सरकारी निकाय र दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको समन्वयमा आज बेलुकी ५:३० बजेबाट काठमाडौंका केही क्षेत्रमा उक्त प्रणालीको परीक्षण गरिने जानकारी दिएको हो।

मन्त्रालयका अनुसार २ जी (2G) मोबाइल सञ्जालमार्फत गरिने यस परीक्षणका क्रममा तोकिएको क्षेत्रभित्र रहेका केही मोबाइल फोनहरूमा चेतावनी ध्वनि (Alert Sound) सहित परीक्षण सन्देश प्राप्त हुन सक्नेछ। प्राप्त हुने सन्देशमा नेपाली र अङ्ग्रेजी दुवै भाषामा ‘यो परीक्षण सन्देश हो’ (परीक्षण सन्देश / TEST ALERT) भनी स्पष्ट रूपमा उल्लेख गरिएको हुनेछ। परीक्षणको अवधिमा एउटै सन्देश एकभन्दा बढी पटकसमेत प्राप्त हुन सक्ने मन्त्रालयले जनाएको छ।

गृह मन्त्रालयले मोबाइलमा त्यस्तो चेतावनी ध्वनि वा सन्देश प्राप्त भएमा सर्वसाधारणलाई नआत्तिन र कुनै पनि प्रतिक्रिया वा कारबाही नगर्न अनुरोध गरेको छ। यो विपद्को सूचना नभई विशुद्ध प्राविधिक परीक्षण मात्र रहेको मन्त्रालयको प्रष्टीकरण छ ।

नेपालमै विकसित मोबाइलमा आधारित यस सेल ब्रोडकास्ट प्रविधिमार्फत बाढी, पहिरो, भूकम्प तथा अन्य विपद्को जोखिममा रहेका प्रभावित क्षेत्रमा तत्काल पूर्वसूचना र सुरक्षासम्बन्धी निर्देशनहरू पुर्‍याउन सकिनेछ।

यस प्रणालीको प्रयोगबाट विपद्का बेला नागरिकलाई समयमै सूचित गराउन र आवश्यक सावधानी अपनाउन महत्त्वपूर्ण मद्दत पुग्ने मन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित