Logo
Logo
समाचार

मोबाइल फोनकर्ताद्वारा रसुवा बाढीपीडितका लागि ३१ लाख सहयोग

मोबाइल फोन आयातकर्ताहरूको संस्था मोबाइल फोन इम्पोर्टर्स एसोसिएसन (एमपीआईए) ले आफ्ना सदस्य संस्थाहरूबाट संकलन गरेको उक्त रकम बुधबार नेपाल सरकारका अर्थमन्त्रीलाई हस्तान्तरण गरेको हो।

त
तिलिचो न्यूज संवाददाता
२०८३ भदौ २५ गते १६:३६
७
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ — रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले मोबाइल फोन आयातकर्ताहरूले ३१ लाख रुपैयाँ सहयोग गरेका छन्।

मोबाइल फोन आयातकर्ताहरूको संस्था मोबाइल फोन इम्पोर्टर्स एसोसिएसन (एमपीआईए) ले आफ्ना सदस्य संस्थाहरूबाट संकलन गरेको उक्त रकम बुधबार नेपाल सरकारका अर्थमन्त्रीलाई हस्तान्तरण गरेको हो।

एसोसिएसनका अनुसार संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी हस्तान्तरण गरिएको हो। बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा रकम उपयोग हुने विश्वास एमपीआईएले व्यक्त गरेको छ।संकलित रकम एमपीआईएका अध्यक्ष दीपककुमार मल्होत्रा, उपाध्यक्ष सञ्जय अग्रवाल तथा सञ्चालक सदस्यहरूले अर्थमन्त्रीलाई हस्तान्तरण गरे ।

एमपीआईएले विपद्को कठिन घडीमा प्रभावित नागरिकको साथमा उभिनु सबैको साझा दायित्व भएको जनाएको छ। सहयोग र सद्भावका लागि सदस्य संस्थाहरूलाई एसोसिएसनले धन्यवादसमेत व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित