मन्त्रिपरिषद्को मर्यादाक्रम परिवर्तन, गौतम सातौँबाट तेस्रो स्थानमा
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा मन्त्रिपरिषद्का सदस्यहरूको मर्यादाक्रम परिवर्तन गरेका छन् ।

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा मन्त्रिपरिषद्का सदस्यहरूको मर्यादाक्रम परिवर्तन गरेका छन् ।
संशोधित मर्यादाक्रमअनुसार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम मन्त्रिपरिषद्को तेस्रो वरीयतामा पुगेकी छन् । यसअघि उनी सातौँ स्थानमा थिइन् ।
गौतमलाई तेस्रो स्थानमा ल्याइएसँगै यसअघि उक्त वरीयतामा रहेका परराष्ट्र मन्त्री शिशिर खनाल चौथो स्थानमा पुगेका छन् । ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ र पूर्वाधारमन्त्री सुनिल लम्सालको वरीयतासमेत एक-एक स्थान तल सरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनबाट उपसभापतिमा निर्वाचित गौतम पार्टीको मर्यादाक्रममा तेस्रो स्थानमा छन् । पार्टीको वरीयताअनुरूप मन्त्रिपरिषद्मा पनि उनको स्थान परिवर्तन गरिएको हो ।
मर्यादाक्रम :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




