Logo
Logo
समाचार

मनास्लुमा आमरण अनशन बसेकालाई वार्तामा आउन गण्डकी सरकारको आग्रह

जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा हिमताल विस्फोटको जोखिम बढ्दै गएको भन्दै सरकारलाई सचेत गराउन उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका-१, सामागाउँका धावा नुर्वु लामाको नेतृत्वमा १० जना युवाहरू शुक्रबारदेखि मनास्लु आधार शिविरमा आमरण अनशनमा छन् । अनशनरत युवाहरूले हिमतालको जोखिम न्यूनीकरण र हिमाली बस्तीको सुरक्षा सुनिश्चित गर्न तत्काल आवश्यक कदम चाल्न सरकारसँग माग गरेका छन् ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ आश्विन ४ गते २०:१२
८
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । हिमाली क्षेत्रका बासिन्दाको जीवन सुरक्षासँग सम्बन्धित माग राख्दै मनास्लु आधार शिविरमा आमरण अनशन बसेका युवाहरूलाई गण्डकी प्रदेश सरकारले तत्काल अनशन स्थगित गरी वार्तामा आउन आग्रह गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार सार्वजनिक अपिल जारी गर्दै छलफल र वार्ताका माध्यमबाट माग सम्बोधन गर्न सकिने भएकाले अनशनको बाटो छाडेर संवादमा आउन आग्रह गरेको हो ।

प्रदेश सरकारले उठाइएका विषय संवेदनशील र जनसुरक्षासँग प्रत्यक्ष जोडिएका भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । तीनै तहका सरकार, नागरिक समाज तथा सम्बन्धित निकायबीच समन्वय गरेर माग सम्बोधन गर्नु उपयुक्त हुने प्रदेश सरकारको भनाइ छ ।

प्रदेश सरकारले अनशनरत युवाहरूले उठाएका विषयमा नेपाल सरकार, सम्बन्धित स्थानीय तह र अन्य सरोकारवाला निकायसँग आवश्यक समन्वय गरी यथोचित सम्बोधन गर्न आफू सकारात्मक रहेको स्पष्ट पारेको छ ।

हिमताल विस्फोटको जोखिमप्रति सरकारको ध्यानाकर्षण
जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा हिमताल विस्फोटको जोखिम बढ्दै गएको भन्दै सरकारलाई सचेत गराउन उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका-१, सामागाउँका धावा नुर्वु लामाको नेतृत्वमा १० जना युवाहरू शुक्रबारदेखि मनास्लु आधार शिविरमा आमरण अनशनमा छन् ।

अनशनरत युवाहरूले हिमतालको जोखिम न्यूनीकरण र हिमाली बस्तीको सुरक्षा सुनिश्चित गर्न तत्काल आवश्यक कदम चाल्न सरकारसँग माग गरेका छन् ।

उनीहरूले उत्तरी गोरखामा रहेका जोखिमयुक्त हिमतालको अवस्थाबारे विस्तृत अध्ययन गर्नुपर्ने माग अघि सारेका छन् । सामागाउँस्थित वीरेन्द्रताल, प्रोकस्थित कालताल र पुगेन क्षेत्रको हरियो ताललगायत हिमतालको नियमित मापन गरी भविष्यमा हुन सक्ने सम्भावित विस्फोटको जोखिमबारे अध्ययन गर्नुपर्ने उनीहरूको माग छ ।

त्यसैगरी नेपालको मानव बस्ती नजिक चीनतर्फ रहेका हिमतालको जोखिमबारे दुवै देशका सम्बन्धित संयन्त्रमार्फत संयुक्त अनुगमनको व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ ।

मनास्लु क्षेत्र तथा चुम उपत्यकामा रहेका हिमतालको हवाई अनुगमन गर्नुपर्ने र जोखिमयुक्त बस्तीलाई लक्षित गरी विपद्को पूर्वसूचना दिने साइरन प्रणाली जडान गर्नुपर्ने मागसमेत अनशनरत पक्षले अघि सारेको छ ।

प्रदेश सरकारले भने यी विषयलाई संवाद र समन्वयबाट अघि बढाउने संकेत गर्दै अनशनरत युवाहरूलाई वार्ताको माध्यमबाट समाधान खोज्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित