समाचार
मलेसिया क्रिकेट बोर्डको सीओओ बने विनोद दास, क्यानबाट दिए राजीनामा
नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान विनोद दास मलेसिया क्रिकेट एसोसिएसनको चिफ अपरेटिङ अफिसर (सीओओ) नियुक्त भएका छन् ।
त
तिलिचो न्यूज संवाददाता२०८३ आश्विन १० गते २१:१५
८६
0
CommentsShares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान विनोद दास मलेसिया क्रिकेट एसोसिएसनको चिफ अपरेटिङ अफिसर (सीओओ) नियुक्त भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान)का क्रिकेट अपरेसन म्यानेजर समेत रहेका दास मलेसिया क्रिकेट संघले खुलाएको सीओओको आवेदनमा छनोट भएका हुन् ।
एक महिना अघि क्यानबाट राजीनामा दिएको दासले नेपालप्रेसलाई बताए । उनले भने ‘एक महिनाअघि क्यानलाई राजीनामाबारे जानकारी गराएको हुँ ।’
यस्तै, उनले मलेसिया क्रिकेट संघसँग सम्झौतामा हस्ताक्षर गर्न बाँकी रहेको र केही दिनपछि उनी मलेसिया प्रस्थान गर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




