महाकुलुङमा पहिरो खस्यो, इङखु खोला थुनिने जोखिम
सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी कमन थापा मगरका अनुसार पहिरो खोलामा खसे पनि हालसम्म खोलाको बहाव पूर्ण रूपमा रोकिएको छैन । पहिरो खस्ने क्रम जारी रहेकाले खोला थुनिन सक्ने जोखिम भने बढेको छ ।

विराटनगर । सोलुखुम्बुको महाकुलुङमा पहिरो खसेको छ । पहिरोका कारण इङखु खोलामा माटो र ढुङ्गा खस्दा खोलाको बहावमा अवरोध पुगेको छ ।
सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी कमन थापा मगरका अनुसार पहिरो खोलामा खसे पनि हालसम्म खोलाको बहाव पूर्ण रूपमा रोकिएको छैन । पहिरो खस्ने क्रम जारी रहेकाले खोला थुनिन सक्ने जोखिम भने बढेको छ ।
उनले अहिले खोलाको बहाव नरोकिएको तर पहिरोका कारण सामान्य अवरोध सिर्जना भएको जानकारी दिए । पहिरो खस्ने क्रम जारी रहेमा खोलाको बहाव पूर्ण रूपमा रोकिन सक्ने उनले बताए ।
कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री गोम्बु शेर्पाले सोलुखुम्बुको महाकुलुङ-१ चेरेम गाउँ मुनिबाट निरन्तर पहिरो झारेकोले ईङ्खु नदी थुनिएर अस्थायी बाँध बनेको बताए ।
उनले अस्थायी बाँध भत्किदा पानीको सतह र मात्रा बढ्न सक्ने भएकोले ईङ्खुखोला,दुधकोशी र सप्तकोशी नदी आसपासमा रहने जनसमुदायले सतर्कता अपनाउन अनुरोध गरेका छन ।
उनले धेरै ठूलो जोखिम ल्याउने सम्भावना नदेखिए पनि त्यस क्षेत्रमा निरन्तर भारी बर्षा भइरहेको र पहिरो गइरहेकोले केही जोखिम ल्याउन सक्ने सम्भावना रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




