Logo
Logo
राजनिती

महाधिवेशन प्रक्रियामा सामेल नहुन कार्यकर्तालाई शशांक कोइरालाको अपिल

त
तिलिचो न्यूज
२०८३ भदौ ५ गते २३:२२
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौं - नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा इतर समूहका १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक शशांक कोइरालाले महाधिवेशनमा सहभागी नहुन कार्यकर्तालाई आग्रह गरेका छन् ।

शुक्रबार जारी विज्ञप्तिमा विशेष महाधिवेशनबाट आएको कार्यसमितिले महाधिवेशन गरे सबै संरचनामा विभाजन प्रक्रिया सुरु हुने भएकाले उक्त महाधिवेशनमा सहभागी नहुन भनिएको छ ।

‘तथाकथित विशेष महाधिवेशन पक्षका यस्ता अवैधानिक र विभाजनकारी अधिवेशन र महाधिवेशन आयोजना नगर्न–नगराउन तथा यस्ता क्रियाकलापमा सहभागी नहुन पार्टीका सबै तहका समिति, पदाधिकारी र सदस्यहरू तथा क्रियाशील सदस्यहरूमा हार्दिक अपिल गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

पार्टीको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा विशेष महाधिवेशन पक्षले १५औँ महाधिवेशन गर्ने निर्णयसहित कार्यतालिका सार्वजनिक गरेको भन्दै इतर समूहले आपत्ति पनि जनाएको छ ।

विज्ञप्तिमा पार्टीको आधिकारिकता मुद्दा विचाराधीन रहेकै अवस्थामा महाधिवेशन अघि बढाउँदा पार्टीभित्रको विभाजन थप संस्थागत हुने इतर समूहको दाबी छ । इतर समूहले विशेष महाधिवेशनका कारण अहिले नै केन्द्रीय कार्यसमिति समानान्तर रूपमा विभाजित रहेको दाबी गरेको छ ।

‘सुदृढ, सबल र गतिशिल कांग्रेसका लागि पार्टीभित्रको सांगठनिक तथा भावनात्मक एकता नै अहिलेको आवश्यकता हो भन्ने हाम्रो निष्कर्ष र प्रतिबद्धता रहेको छ । कथित विषेश महाधिवेशनको कारणले हाल केन्द्रीय कार्यसमिति समानान्तर रुपले विभाजित रहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

एमाले निर्वाचन घोषणा पत्रका लागि सुझाव सङ्कलन गर्दै

एमाले निर्वाचन घोषणा पत्रका लागि सुझाव सङ्कलन गर्दै

निर्वाचनमा एकताबद्ध भएर लाग्न नेता तथा कार्यकर्तालाई महामन्त्री पौडेलको आग्रह

निर्वाचनमा एकताबद्ध भएर लाग्न नेता तथा कार्यकर्तालाई महामन्त्री पौडेलको आग्रह

भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन : अध्यक्ष ओली

भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन : अध्यक्ष ओली

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित