Logo
Logo
समाचार

मधेसका सबै जिल्लामा एकीकृत रोजगार कार्यक्रम सञ्चालन गर्ने मुख्यमन्त्री यादवको निर्णय

मधेस प्रदेश सरकारले बेरोजगारी न्यूनीकरण तथा युवालाई सीपयुक्त बनाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले प्रदेशका आठवटै जिल्लामा एकीकृत रोजगार कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ मंसिर ६ गते २३:४६
९
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । मधेस प्रदेश सरकारले बेरोजगारी न्यूनीकरण तथा युवालाई सीपयुक्त बनाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले प्रदेशका आठवटै जिल्लामा एकीकृत रोजगार कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आज पदभार गर्ने क्रममा प्रदेशमा विद्यमान गरिबी, बेरोजगारी र न्यून साक्षरताजस्ता समस्याको समाधानका लागि सीप विकास, रोजगारी सिर्जना तथा उद्यमशीलता प्रवर्द्धनका लागि कार्यक्रम सञ्चालन गर्ने पहिलो निर्णय गरेका हुन् ।

प्रस्तावित कार्यक्रमअन्तर्गत पुनः सीप विकास तथा सार्वजनिक रोजगार सेवा प्रवर्द्धन, मुख्यमन्त्री महिला स्वरोजगार कार्यक्रम, वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिका लागि स्वरोजगार कार्यक्रम र मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारिएको निर्णयमा उल्लेख छ ।

त्यस्तै, आधुनिक प्रविधिमा आधारित स्वरोजगार तथा आत्मनिर्भरता प्रवर्द्धनका लागि कृत्रिम बुद्धिमत्ता (एआई), इ–कमर्स र कम्प्युटरसम्बन्धी तालिममार्फत युवाको क्षमता तथा उद्यमशीलता विकास गर्ने लक्ष्यसहित प्रदेशका आठवटै जिल्लामा एक महिनाभित्र कार्यक्रम प्रारम्भ गर्ने गरी प्रस्ताव गरिएको निर्णयमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित