Logo
Logo
राजनिती

मधेसका मुख्यमन्त्री यादव राजीनामा दिने तयारीमा

त
तिलिचो न्यूज संवाददाता
२०८३ कार्तिक २४ गते १९:४४
८
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौं: मधेस प्रदेशका मुख्यमन्त्री कृष्णा यादवले पदबाट राजीनामा दिने तयारी गरेका छन्। सरकारलाई विश्वासको मत दिने विषयमा अन्य दलहरूसँग सहमति जुट्न नसकेपछि मुख्यमन्त्री यादव राजीनामा दिएर बाहिरिने मनस्थितिमा पुगेका हुन्।

मुख्यमन्त्री यादव नेतृत्वको सरकारले विश्वासको मत लिनुपर्ने संवैधानिक समयसीमा एक साता मात्र बाँकी छ। तर, सरकारले अहिलेसम्म विश्वासको मत लिने मिति तय गर्न सकेको छैन। अन्य दलहरूबाट स्पष्ट प्रतिबद्धता नआएका कारण विश्वासको मत लिने प्रक्रिया अन्योलमा परेको हो। कृषि मन्त्री श्याम पटेलले सरकारले विश्वासको मत लिने विषयमा अझै टुंगो लाग्न बाँकी रहेको बताए। उनले भने, 'मुख्यमन्त्रीले वर्तमान सरकारलाई सहयोग गर्न अन्य दलसँग छलफल गरिरहनुभएको छ। कसैसँग सहमति भयो भने विश्वासको मत लिइन्छ, नभए कसरी अगाडि बढ्ने भन्नेबारे त्यसपछि छलफल हुन्छ।'

सरकारका एक मन्त्रीका अनुसार अन्य दलले सहयोग गर्ने प्रतिबद्धता नजनाए मुख्यमन्त्री यादवले विश्वासको मत नलिई सिधै राजीनामा दिने आन्तरिक तयारी गरेका छन्। स्रोतका अनुसार मुख्यमन्त्रीले यही २८ गतेसम्म राजीनामा दिने तयारी गरेका छन्। नेकपा एमाले र नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिएपछि कांग्रेस नेतृत्वको मधेस प्रदेश सरकार अल्पमतमा परेको छ।

मुख्यमन्त्रीले विश्वासको मत लिनुभन्दा राजीनामा दिन खोज्नुको पछाडि संवैधानिक कारण रहेको छ। यदि मुख्यमन्त्रीले विश्वासको मत लिएर असफल भएमा संविधानको धारा १६८ को उपधारा (३) अनुसार प्रदेशसभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेता मुख्यमन्त्री नियुक्त हुने व्यवस्था छ। राजीनामा दिएको खण्डमा धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ। एमालेले गत ३० गते सरकार गठनका बेला भएको सहमति कार्यान्वयन नभएको भन्दै समर्थन फिर्ता लिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

एमाले निर्वाचन घोषणा पत्रका लागि सुझाव सङ्कलन गर्दै

एमाले निर्वाचन घोषणा पत्रका लागि सुझाव सङ्कलन गर्दै

निर्वाचनमा एकताबद्ध भएर लाग्न नेता तथा कार्यकर्तालाई महामन्त्री पौडेलको आग्रह

निर्वाचनमा एकताबद्ध भएर लाग्न नेता तथा कार्यकर्तालाई महामन्त्री पौडेलको आग्रह

भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन : अध्यक्ष ओली

भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन : अध्यक्ष ओली

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित