Logo
Logo
समाचार

मदन भण्डारी फाउन्डेसन कास्कीले कात्तिक २१ गते बृहत सास्कृतिक कार्यक्रम गर्ने

मदन भण्डारी फाउन्डेसन कास्कीको आयोजनामा विजयादशमी, दीपावली, नेपाल संवत् र छठ पर्वको अवसरमा पोखरामा सांस्कृतिक कार्यक्रम हुने

त
तिलिचो न्यूज संवाददाता
२०८३ कार्तिक १३ गते १४:५६
१२१
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

पोखरा । मदन भण्डारी फाउन्डेसन कास्कीको आयोजनामा विभिन्न चाडपर्वको अवसर पारेर आगामी कात्तिक २१ गते पोखरामा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ।

विजयादशमी, दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान गर्ने उद्देश्यले आयोजना गर्न लागिएको कार्यक्रममा ख्यातिप्राप्त कलाकारहरूको सांगीतिक तथा सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ।

पोखरा सभागृह, सभागृहचोकमा दिउँसो १ बजेदेखि सुरु हुने कार्यक्रममा चाडपर्वको खुसी साटासाट गर्नुका साथै नेपाली कला, संस्कृति र परम्पराको प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।

विविधतायुक्त नेपाली समाजमा चाडपर्वले आपसी सद्भाव, एकता र सामाजिक सम्बन्धलाई बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन्। यस्ता सांस्कृतिक कार्यक्रमले मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्‍याउने विश्वास आयोजकले लिएको छ।

मदन भण्डारी फाउन्डेसन कास्कीले कार्यक्रममा उपस्थित भई कार्यक्रमको गरिमा बढाइदिन सम्पूर्ण कला, संस्कृति प्रेमी, शुभेच्छुक तथा सर्वसाधारणलाई हार्दिक अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित