Logo
Logo
समाचार

मातृ तथा नवजात धनुष्टंकार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) दक्षिण–पूर्वी एसिया क्षेत्रीय समितिले नेपाललाई एक दशकदेखि मातृ तथा नवजातमा धनुष्टंकार उन्मूलनको अवस्था कायम राखेकोमा सम्मान गरेको छ ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ भदौ २३ गते १८:१४
१
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) दक्षिण–पूर्वी एसिया क्षेत्रीय समितिले नेपाललाई एक दशकदेखि मातृ तथा नवजातमा धनुष्टंकार उन्मूलनको अवस्था कायम राखेकोमा सम्मान गरेको छ ।

डब्ल्यूएचओले बलियो राष्ट्रिय प्रतिबद्धता, गुणस्तरीय खोप सेवा तथा सुरक्षित प्रसूति अभ्यासमार्फत उक्त उपलब्धि कायम राखेको भन्दै समितिको ७९औँ बैठकमा नेपाललाई सम्मान गरिएको हो । धनुष्टंकार (टिटानस) ब्याक्टेरियाको सङ्क्रमणका कारण हुने एक गम्भीर रोग हो ।

टिमोर–लेस्टेको डिलीमा जारी बैठकमा नेपालबाट अतिरिक्त सचिव डा. संगीता कौशल मिश्राको नेतृत्वमा तीन सदस्यीय प्रतिनिधिमण्डल सहभागी छ ।

डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एडहानोम गेहब्रेयससले नेपालका प्रतिनिधिमण्डल प्रमुख डा. मिश्रालाई सम्मान पत्र हस्तान्तरण गरेको मन्त्रालयले जनाएको छ । सम्मान पत्रमा नेपालको उपलब्धिले दक्षिण–पूर्वी एसिया क्षेत्रमा मातृ तथा नवजात धनुष्टंकार उन्मूलन कायम राख्ने सामूहिक प्रयासमा महत्त्वपूर्ण योगदान पुर्‍याएको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित