Logo
Logo
समाचार

माथिल्लो त्रिशूली-१ को सुरुङबाट निकालिएका १३ शव हेलिकप्टरमार्फत त्रिशूली ल्याइयो

त
तिलिचो न्यूज संवाददाता
२०८३ आश्विन ५ गते ०१:०३
५
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको अडिट-३ सुरुङमा फेला परेका १३ वटा शव हेलिकप्टरमार्फत त्रिशूली ल्याइएको छ। सुरुङमा अन्य व्यक्तिको खोजी कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ।

सेनाले आइतबार साँझ ६ बजेसम्मको खोज तथा उद्धारसम्बन्धी विवरण सार्वजनिक गर्दै प्रभावित क्षेत्रका सुरुङ तथा जलविद्युत् आयोजनास्थलमा संयुक्त टोली परिचालन गरिएको जानकारी दिएको हो।

त्रिशूली-३ ‘ए’ र ‘बी’मा खोजी जारी

त्रिशूली-३ ‘ए’को सुरुङ र विद्युत्गृह क्षेत्रमा आयोजनाका प्रतिनिधिसहितको संयुक्त टोलीले खोजी गरिरहेको छ।

त्रिशूली-३ ‘बी’को विद्युत्गृह रहेको स्थानमा सेनासहितको संयुक्त टोलीले तीनवटा एक्स्काभेटर र लोडर प्रयोग गरी उत्खनन गरेको थियो। उत्खननका क्रममा हालसम्म केही फेला नपरेको र खोजीलाई निरन्तरता दिइएको सेनाले जनाएको छ।

चार हजार २२० जनाको हवाई उद्धार

बाढी प्रभावित विभिन्न क्षेत्रबाट नेपाली सेनाको हवाई साधनमार्फत हालसम्म चार हजार २२० जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये तीन हजार ९३७ नेपाली र २८३ विदेशी नागरिक छन्।

रसुवा र नुवाकोटका त्रिशूलीपारि कोलोनी, तुप्चे, दानसिङ, सामरी भञ्ज्याङ, कालिकास्थान र मान्चेतलगायत स्थानमा आधार स्थापना गरी पैदल गस्तीमार्फत खोजी भइरहेको छ। साँघुरा सुरुङको रेकी तथा सडक सम्पर्कबाट विच्छेद भएका दुर्गम क्षेत्रमा ड्रोनसमेत परिचालन गरिएको छ।

ड्रोनमार्फत रसुवा र नुवाकोटका विभिन्न स्थानमा हालसम्म ३१ हजार ९१ किलो राहत तथा अत्यावश्यक सामग्री ढुवानी गरिएको सेनाले जनाएको छ।

आठ हजार ७०० भन्दा बढी सैनिक परिचालन

रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन तथा पूर्वी र पश्चिम नवलपरासीसम्मका प्रभावित क्षेत्रमा आठ हजार ७०० भन्दा बढी सैनिक प्रत्यक्ष रूपमा परिचालित छन्।

परिचालित टोलीले खोज तथा उद्धार, शव व्यवस्थापन, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सञ्चालन र आपत्कालीन उपचारमा सहयोग गरिरहेको छ।

सेनाले त्रिशूली र धुन्चेमा स्थापना गरेका आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलबाट हालसम्म चार हजार तीन जनाले स्वास्थ्य सेवा लिएका छन्। आइतबार मात्रै सात जनाले उक्त सेवा प्राप्त गरेका छन्।

यसैबीच, बेत्रावती नदीमा पुल जडानका लागि आवश्यक पार्टपुर्जा र उपकरण त्रिशूली पुर्‍याइएको छ। बेत्रावतीमा बेलिब्रिजको डिजाइन तयार भई जग निर्माणको कामसमेत सुरु गरिएको सेनाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित