Logo
Logo
समाचार

माछा पोखरीको गेस्ट हाउसबाट जुवा खेलिरहेको आरोपमा १२ जना पक्राउ, एक लाख ९३ हजार नगद बरामद

काठमाडौँ महानगरपालिका-१६, माछापोखरीस्थित एक गेस्ट हाउसबाट जुवा खेलिरहेको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ

त
तिलिचो न्यूज संवाददाता
२०८३ मंसिर ६ गते २३:३६
४८
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । काठमाडौँ महानगरपालिका-१६, माछापोखरीस्थित एक गेस्ट हाउसबाट जुवा खेलिरहेको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट एक लाख ९३ हजार १८५ रुपैयाँ नगद र चार बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मङ्सिर ४ गते राति करिब १० बजे गेस्ट हाउसमा रकमको हारजित हुने गरी जुवातास खेलाउने र खेल्ने गतिविधि भइरहेको सूचना प्राप्त भएको थियो। सोही सूचनाका आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले गेस्ट हाउसमा पुगेर जाँच गरेको हो।

पक्राउ पर्नेहरूमा कृष्ण गुरुङ, जितबहादुर गुरुङ, नवीन गुरुङ, समीर गुरुङ, अशोक शर्मा, अरुण खनाल, रामशरण केसी, च्यारी गुरुङ, हेमन्त गुरुङ, वीरबहादुर गुरुङ र डम्मरसिंह गुरुङ रहेका छन्।

प्रहरीले सार्वजनिक गरेको १२ जनाको सूचीमा जितबहादुर गुरुङको नाम दुई पटक उल्लेख गरिएको छ।

प्रहरीले घटनास्थलबाट बरामद नगद र ताससहित पक्राउ परेकाहरूलाई नियन्त्रणमा राखी घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित