Logo
Logo
समाचार

लुम्बिनीले सुदूरपश्चिमलाई दियो १५६ रनको लक्ष्य

त
तिलिचो न्यूज संवाददाता
२०८३ मंसिर ६ गते ००:३८
३६
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधिका लागि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा भइरहेको छ । कीर्तिपुरस्थित टियु मैदानमा जारी फाइनल खेलमा लुम्बिनीले सुदूरपश्चिमलाई १५६ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङ थालेको लुम्बिनीले २० ओभरमा ६ विकेट गुमाएर १५५ रन जोड्यो । लुम्बिनीले पहिलो ओभरमा १ रनमात्रै बनायो । सुदूरपश्चिमका स्कट कुगलेइनले कसिलो बलिङ गरे । लुम्बिनीले २.१ ओभरमा पहिलो विकेट गुमायो । आसिक शेख ४ बलमा १ रनमात्रै बनाएर आउट भए । उनलाई कुगलेइनले पभेलियन पठाए । कप्तान रोहित पौडेल तेस्रो नम्बरमा ब्याटिङमा आए ।

लुम्बिनीले ५.३ ओभरमा दोस्रो विकेट गुमायो । ओपनर डार्सी शर्ट १८ बलमा २१ रन जोडेर आउट भए । सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले टोलीलाई दोस्रो सफलता दिलाए ।

लुम्बिनीले पावरप्लेमा २ विकेट गुमाएर ३७ रन जोड्यो । रोहितलाई निरोशन डिकवेलाले साथ दिँदै दुई ब्याटरले लुम्बिनीको इनिङ्स सम्हाले । तर आक्रामक ब्याटिङ गरिरहेका डिकवेला १७ बलमा २८ रन जोडेर आउट भए । उनलाई आफ्नै देशका श्रीलंकन खेलाडी थरिन्दु रत्नायकेले बोल्ड गरे । त्यसपछि ब्याटिङमा आएका दिलिप नाथले आक्रामक ब्याटिङ गर्दै लुम्बिनीलाई अगाडि बढाए ।

लुम्बिनीले १४ औं ओभरको समाप्तिमा कप्तान रोहित पौडेलको विकेट गुमायो । दिलिप नाथसँग तालमेल नमिल्दा उनी रनआउट हुन पुगे । उनले ३१ बलमा ३० रन जोडे । त्यसपछि ब्याटिङमा आएका सन्दीप जोरा पनि सस्तैमा आउट भए । उनले ५ बलमा ४ रनमात्रै बनाए ।

त्यसपछि ब्याटिङमा उत्रिएका अलि शेखले विष्फोटक ब्याटिङ गर्दै लुम्बिनीको स्कोर माथि उठाए । उनले १२ बलमा २ छ्क्का र २ चौका हान्दै २४ रन जोडे । दिलिप नाथले नटआउट ३९ रनको योगदान दिए । बलिङतर्फ सुदूरपश्चिमका स्कट कुगलेइनले दुई तथा हेमन्त धामी, दिपेन्द्र सिंह र थरिन्दु रत्नायकेले एक एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित