Logo
Logo
राजनिती

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

त
तिलिचो न्यूज
२०८३ भदौ १ गते १२:३८
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

बुटवल । लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दैछ । आज दिउँसो एक बजे बस्ने बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत लिने कार्यसूची छ ।

बैठकको सुरुवातमा प्रदेश प्रमुखबाट प्राप्त पत्रहरू सभामुखले प्रदेशसभामा पढेर सुनाउनेछन्। त्यसपछि मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने प्रक्रिया अघि बढ्नेछ ।

नेपाली कांग्रेसले नेकपा एमालेसँगको सहकार्य तोड्दै सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता लिएपछि मुख्यमन्त्री आचार्यले विश्वासको मत लिन लागेका हुन्। केन्द्रमा बनेको नयाँ सत्ता समीकरणअनुसार लुम्बिनीमा एमालेसहितका दलले सरकारलाई समर्थन गर्ने तयारी गरेका छन् ।

एमाले, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनता समाजवादी पार्टी (जसपा)ले मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिने तयारी गरेका छन्। प्रदेशसभामा यी दलहरूको समर्थन कायम रहेकाले मुख्यमन्त्री आचार्यले विश्वासको मत प्राप्त गर्ने सहज अवस्था देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

एमाले निर्वाचन घोषणा पत्रका लागि सुझाव सङ्कलन गर्दै

एमाले निर्वाचन घोषणा पत्रका लागि सुझाव सङ्कलन गर्दै

निर्वाचनमा एकताबद्ध भएर लाग्न नेता तथा कार्यकर्तालाई महामन्त्री पौडेलको आग्रह

निर्वाचनमा एकताबद्ध भएर लाग्न नेता तथा कार्यकर्तालाई महामन्त्री पौडेलको आग्रह

भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन : अध्यक्ष ओली

भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन : अध्यक्ष ओली

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित