Logo
Logo
समाचार

लक्ष्मीपूजामा उपत्यका झिलिमिली, विद्युत व्यवस्थापनको अनुगमनमा ऊर्जा मन्त्री श्रेष्ठ

लक्ष्मीपूजाका दिन विद्युत खपत बढ्ने भएकाले विद्युत आपूर्ति व्यवस्थापनलाई प्रभावकारी बनाउन ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठ स्वयं नेपाल विद्युत प्राधिकरणको स्युचाटारस्थित कार्यालय पुगेका छन् ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ कार्तिक २३ गते ०२:०१
१
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारअन्तर्गत आज लक्ष्मीपूजा हर्षोल्लासका साथ मनाइँदै छ । लक्ष्मीपूजाको अवसरमा घरघरमा धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मी भित्र्याइएको हो ।

काठमाडौँ उपत्यका पनि रंगीचंगी बत्तीले झिलिमिली बनेको छ । लक्ष्मीपूजाका दिन विद्युत खपत बढ्ने भएकाले विद्युत आपूर्ति व्यवस्थापनलाई प्रभावकारी बनाउन ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठ स्वयं नेपाल विद्युत प्राधिकरणको स्युचाटारस्थित कार्यालय पुगेका छन् । 

मन्त्री श्रेष्ठले प्राधिकरणबाट भइरहेको विद्युत आपूर्ति तथा व्यवस्थापनको अवस्थाबारे जानकारी लिनुका साथै अनुगमन गरेका छन् । 

उनले लक्ष्मीपूजाका दिन विद्युत आपूर्ति निरन्तर राख्न र कुनैपनि कारणले विद्युत सेवा अवरुद्ध हुन नदिन सम्बन्धित अधिकारीलाई निर्देशनसमेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित