Logo
Logo
समाचार

लगातारको वर्षाले एनपीएल प्रभावित, खेल नभए टिकट के हुन्छ ?

आज पहिलो खेलमा अपरान्ह १२ः३० बजे लुम्बिनी लायन्स र चितवन राइनोज तथा दोस्रो खेलमा बेलुका ५ बजे विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्स भिड्ने तालिका छ ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ कार्तिक १४ गते १७:१५
२
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । लगातारको वर्षाका कारण नेपाल प्रिमियर लिग (एनपीएल) प्रभावित भएको छ ।

आज हुने भनिएका दुवै खेल वर्षाले प्रभावित भएपछि टिकट काटेका दर्शकको रकम फिर्ता हुने वा अर्को खेलमा हेर्न पाउने भन्ने विषयमा चासो बढेको छ ।

आज पहिलो खेलमा अपरान्ह १२ः३० बजे लुम्बिनी लायन्स र चितवन राइनोज तथा दोस्रो खेलमा बेलुका ५ बजे विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्स भिड्ने तालिका छ ।

नेपाल क्रिकेट संघ (क्यान)का कोषाध्यक्ष पदमबहादुर खड्काले खेल हुन नसके टिकटको व्यवस्थापनबारे छलफल भइरहेको बताएका छन् ।

नेपाल प्रेससँग कुरा गर्दै खड्काले मैदान वर्षाले दलदल बनेको उल्लेख गर्दै बेलुकाको खेल हुने आशा व्यक्त गरे । दुवै खेल हुन नसके निर्णयमा पुग्ने उनले बताए ।

‘अन्तर्राष्ट्रिय रूपमा खेल हुन नसके टिकटको रकम फिर्ता गर्ने चलन छैन । तर, विशेष परिस्थितिमा त्यसो नगर्ने कि भन्ने मेरो मान्यता हो,’ उनले भने ।

टिकट काटेका दर्शकलाई अर्को खेल हेर्ने व्यवस्था मिलाउने वा रकम फिर्ता गर्ने विकल्पबारे छलफल भइरहेको उनले बताए ।

काटिएको टिकटबाट दर्शकले आफूलाई अनुकूल अर्को दिनको खेल हेर्न पाउने व्यवस्था गर्न सकिने उनको भनाइ छ ।

उनले भने,  ‘अन्तर्राष्ट्रिय प्राक्टिसमा चाहिँ खेल भएन भने फिर्ता हुने चलन छैन । तर, विशेष परिस्थितिमा त्यो नगर्ने कि भन्ने मेरो मान्यता हो । टिकट काटेका दर्शकलाई अर्को खेल हेर्ने व्यवस्था मिलाउने कि भन्ने पनि छ । रकम फिर्ताका लागि पनि सहज हुनुपर्यो । सो टिकट लिएर दर्शकले चाहेको अर्को दिनमा खेल हेर्न मिल्नेगरि टिकट व्यवस्था पनि गर्न सकिन्छ ।’

खड्काले खेल हुन नसके दुवै टोलीलाई १-१ अंक बाँडिने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित