Logo
Logo
समाचार

ला लिगामा बार्सिलोनाको दबदबा कायमै, लेभान्तेमाथि सानदार जित

त
तिलिचो न्यूज संवाददाता
२०८३ भदौ २९ गते १२:५०
४
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ- स्पेनिस ला लिगामा लेभान्तेलाई हराउँदै बार्सिलोना शीर्षमा उक्लिएको छ। गए रातिको खेलमा बार्सिलोनाका युवा खेलाडी लामिन यामालको २ गोलको मद्दतमा लेभान्तेलाई सहज हराउँदै बार्सिलोना शीर्षमा पुगेको हो। बार्सिलोनाले लेभान्तेलाई ४–२ गोलअन्तरले हराएको हो।

जितसँगै बार्साले दोस्रो स्थानको रियल मड्रिडसँग ३ अंकको स्पष्ट अग्रता बनाएको छ।

खेलको पाचौँ मिनेटमा नै जाभी एस्पार्टको गोलमा बार्सिलोनाले सुरुवाती अग्रता बनाएको थियो। खेलको १९ औँ मिनेटमा लामिन यामलको गोलमा बार्साले अग्रता दोब्बर पार्यो। उनले ४८ औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै बार्सिलोनाको अग्रता फराकिलो पारे।

७९ औँ मिनेटमा लेभान्तेका लागि इभान रोमेरोको गोल फर्काए। त्यसको नौ मिनेटपछि रोजर ब्रुगेले गोल गरेपछि खेल रोमाञ्चक मोडमा पुगेको थियो।

इन्ज्युरी समयमा करिम एडेयेमीलले गोल गरेपछि बार्सिलोनाले जित पक्का पर्‍यो। जितसँगै ५ खेलबाट १५ अंक बटुलेको बार्सिलोना शीर्ष स्थानमा छ। समान खेलबाट एक खेलमा हार भोगेको रियल मड्रिड १२ अंकमा तालिकाको दोस्रो स्थानमा छ।

गएराति नै भएको अन्य खेलमा एथलेटिको मड्रिडले रियल सोसिडाडलाई ३–० गोल अन्तरले हरायो। अर्को खेलमा सेल्टा भिगो र मालागा तथा गेटाफे र डिपोर्टिभो डी ए कोरुनाले १–१ को बराबरी गर्दै अंक बाँडे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित