Logo
Logo
समाचार

क्यान्सर उपचारका लागि विदेश जानुपर्ने बाध्यता हट्यो : पोखरा मणिपालबाटै विश्वस्तरीय सेवा

नेपाल मणिपाल शिक्षण अस्पतालअन्तर्गत सञ्चालित मणिपाल क्यान्सर इन्स्टिच्युटले अत्याधुनिक प्रविधि र विशेषज्ञ डाक्टरहरूको निगरानीमा एड्भान्स्ड रेडिएसन थेरापीसहितको समर्पित र उच्चस्तरीय क्यान्सर उपचार सेवा सञ्चालनमा ल्याएको छ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ आश्विन २१ गते २२:४९
७३
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

पोखरा। नेपाल मणिपाल शिक्षण अस्पतालअन्तर्गत सञ्चालित मणिपाल क्यान्सर इन्स्टिच्युटले अत्याधुनिक प्रविधि र विशेषज्ञ डाक्टरहरूको निगरानीमा एड्भान्स्ड रेडिएसन थेरापीसहितको समर्पित र उच्चस्तरीय क्यान्सर उपचार सेवा सञ्चालनमा ल्याएको छ। यस सेवाले देशका क्यान्सर बिरामीहरूलाई स्वदेशमै विश्वस्तरीय र भरपर्दो उपचार पाउन सक्ने सुविधा सुरु गरेको छ।

इन्स्टिच्युटले बिरामीको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्दै विचारशील र गुणस्तरीय हेरचाह उपलब्ध गराउँदै आएको छ। क्यान्सर रोगको पहिचानदेखि जटिल उपचारसम्मका लागि आवश्यक पर्ने सम्पूर्ण आधुनिक उपकरण र प्रविधिसहितको सुविधा एकै छानामुनि उपलब्ध भएपछि बिरामीहरूले उपचारका लागि विदेश भौंतारिनुपर्ने बाध्यतामा हटेर गएको छ।

अस्पतालका अनुसार, अनुभवी विशेषज्ञ चिकित्सक तथा दक्ष स्वास्थ्यकर्मीहरूको टिमले प्रत्येक बिरामीको अवस्थालाई नजिकबाट नियाल्दै व्यक्तिगत स्वास्थ्य योजनाअनुसार प्रभावकारी उपचार विधि अपनाउँदै आएको छ। यस सेवाको विस्तारसँगै गण्डकी क्षेत्रलगायत सिङ्गो देशका क्यान्सर रोगीहरूका लागि आधुनिक चिकित्सा सेवा अझ बढी सहज र सुलभ बन्न पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित