Logo
Logo
विचार/अन्तर्वार्ता

कुनै चमत्कार नभए कांग्रेस विभाजनको डिलमा पुगेको छ, रोक्न प्रयासरत छौँ’ : पूर्णबहादुर खड्का

काँग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले कुनै चमत्कार नभए पार्टी विभाजनको डिलमा पुगेको बताएका छन् । खड्काले आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘‘अब यदि कुनै चमत्कार भएन भने नेपाली काँग्रेस पार्टी विभाजनको अन्तिम डिलमा पुगेको अवस्था छ! तैपनि हामी सम्भावित पार्टी विभाजनलाई रोक्न अन्तिम प्रयास गरिरहेका छौँ ।’

त
तिलिचो न्यूज संवाददाता
२०८३ आश्विन ४ गते १६:२६
२
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ। नेपाली काँग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले कुनै चमत्कार नभए पार्टी विभाजनको डिलमा पुगेको बताएका छन् ।

खड्काले आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘‘अब यदि कुनै चमत्कार भएन भने नेपाली काँग्रेस पार्टी विभाजनको अन्तिम डिलमा पुगेको अवस्था छ! तैपनि हामी सम्भावित पार्टी विभाजनलाई रोक्न अन्तिम प्रयास गरिरहेका छौँ ।’

पार्टीभित्र दुई पक्षले १५औं महाधिवेशन तोकेर समानान्तर गतिविधि गरिरहँदा कुनै पनि पक्षमा नखुलेका नेता खड्काले सम्भावित पार्टी विभाजनलाई रोक्न अन्तिम प्रयास गरिरहेको जानकारी गराएका छन् ।

खड्काले पुनरावलोकन माग सहित आफू अदालत गएको हुँदा र अदालतले मुद्दा विचाराधीन अवस्थामा राखिरहेकोले महाधिवेशनको प्रक्रिया सहभागी नभएको बताएका छन् ।

‘निर्वाचन आयोगले अपनाएको प्रक्रिया र डिभिजन बेन्चको निर्णयमा त्रुटि देखाउँदै मुद्दा पुनरावलोकन गर्ने गरी हामीलाई निस्सा दियो र सो मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको छ,’ खड्काले भनेका छन्, ‘यस्तो अवस्थामा सभापति गगन थापाको नेतृत्वमा प्रारम्भ भएको काँग्रेसको महाधिवेशनमा भाग लिनु चरम अनैतिक काम हुने मेरो विश्वासको कारणले म महाधिवेशनमा सहभागी नभएको व्यहोरा सम्बन्धित सबैमा प्रष्ट पार्न चाहन्छु ।’

महाधिवेशनको कार्यहरू रोक्न माग गर्दै अदालतमा निवेदन दर्ता गरे पनि कार्यतालिका रोक्न अदालतले आदेश नदिएको हुँदा दुई वटा महाधिवेशन हुने अवस्था आएको उनले बताए ।

विद्यमान राजनीतिक गम्भीरतालाई ख्याल गर्दै पूर्वकार्यवाहक सभापति खड्काले सर्वोच्च अदालतसँग विचाराधीन मुद्दाको यथाशीघ्र अन्तिम किनारा लगाइदिन आग्रह गरेका छन् । उक्त मुद्दालाई अग्राधिकारमा राखेर फैसला गरिदिन अनुरोध गर्दै उनले अदालतको अन्तिम फैसला आफूहरूलाई पूर्ण रूपमा स्वीकार्य हुने समेत स्पष्ट पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित